images

२०८३ कार्तिक १ गते

images
images
images
  • बैंक वित्त
  • सिटिजन्स बैंकद्वारा बाजुराको विच्छयाँ माविका विद्यार्थीलाई...

सिटिजन्स बैंकद्वारा बाजुराको विच्छयाँ माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

सिटिजन्स बैंकद्वारा बाजुराको विच्छयाँ माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

images
images
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश बाजुरा जिल्लाको हिमाली गाउँपालिका १ विच्छयाँमा अवस्थित श्री विच्छयाँ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ ।

    images
    images

    विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न परिवारबाट रहेका र उनीहरुको आर्थिक अवस्था सबल नभएको कारण जाडो मौसममा न्यानो कपडा खरिद गर्न कठिनाइ हुने भएकाले ती बालबालिकाहरुलाई न्यानो स्वेटर प्रदान गरिएको हो ।विद्यालयमा आयोजित एक कार्यक्रमका बीच इी.सी.डी र कक्षा १ देखीकक्षा १० सम्म अध्ययनरत २११ विद्यार्थीहरुलाई बैंकले स्वेटर प्रदान गरेको हो ।

    विकट हिमाली भेगका न्यून आयआर्जन भएका परिवारका विद्यार्थीलाई जाडो महिनामा न्यानो स्वेटर उपलब्ध गराउनाले उनीहरुको पठनपाठनमा सहजता आउने विश्वास बैंकले लिएको छ ।गामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ ।

    images
    images

    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ” सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend