images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • २०२५ देखि वस्तुको आयात दरहरूमा सूची...

२०२५ देखि वस्तुको आयात दरहरूमा सूची समायोजन गर्दै चीन

२०२५ देखि वस्तुको आयात दरहरूमा सूची समायोजन गर्दै चीन

images
images
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • चीन । चीनले आफ्नो आन्तरिक माग बढाउन र उच्च–स्तरीय खुलापनको दिशा प्रगति गर्न २०२५ को जनवरी १ देखि केही वस्तुहरूको आयात दर र सूचीमा समायोजन गर्ने घोषणा गरेको छ । चीनको राज्य परिषद अन्तर्गतको कस्टम्स ट्यारिफ कमिसनले शनिबार जारी गरेको बयानका अनुसार आगामी वर्षमा ९३५ प्रकारका वस्तुहरूमा अस्थायी आयात ट्यारिफ लागू गरिनेछ । यस योजनाले ‘गुणस्तरीय उत्पादनहरूको आयात बढाउन मद्दत पुर्याउने’ अपेक्षा गरिएको छ।

    images
    images

    वैज्ञानिक र प्राविधिक नवप्रवर्तनद्वारा नेतृत्व गरिएका नयाँ गुणस्तरीय उत्पादन शक्तिहरूको विकासलाई समर्थन गर्न केही वस्तुहरूको आयात ट्यारिफ घटाइने कमिसनले जनाएको छ । यसमा साइक्लोओलेफिन पोलिमरहरू, एथिलिन–विनाइल अल्कोहल कापोलिमरहरू, र विशेष उद्देश्यका गाडीहरू जस्तै दमकल र मर्मत गाडीहरूको लागि स्वचालित ट्रान्समिशनहरूको आयात ट्यारिफ समावेश छन् ।

    यसैगरी, जनताको जीवनस्तर सुधार गर्नको लागि, औषधिको लागि सोडियम जिरकोनियम सायक्लोसिलिकेट, क्यार–टी ट्युमर थेरापीको लागि भाइरल भेक्टरहरू, र शल्यक्रिया इम्प्लान्टहरूको लागि निकल–टाइटेनियम अलॉय तारहरूको आयात ट्यारिफ पनि घटाइनेछ ।

    images
    images

    हरित र निम्न–कार्बन विकासलाई प्रवर्धन गर्न, एथेन र केही पुनःचक्रित तामा र एल्युमिनियम कच्चा सामग्रीहरूको आयात ट्यारिफ पनि घटाइनेछ । चीनले २०२५ मा ३४ देश वा क्षेत्रबाट आयात गरिएका केही वस्तुहरूमा सहमति भएका ट्यारिफ दरहरू लागू गर्ने भएको छ । जुन २४ वटा मुक्त व्यापार सम्झौताहरू र प्राथमिक व्यापार व्यवस्था अन्तर्गत हुनेछन् । 

    चीनले आफ्ना ४३ वटै कम विकसित देशहरूसँगको कूटनीतिक सम्बन्धका आधारमा, यी मुलुकबाट आयात गरिएका वस्तुहरूमा शून्य आयात ट्यारिफ लागू गर्नेछ । चिनियाँ समाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत विश्व अर्थशास्त्र र राजनीति संस्थाका अनुसन्धान सहयोगी गाओ लिङयुनका अनुसार, “वैश्विक मुक्त व्यापार क्षेत्रको सञ्जाल सक्रिय रूपमा निर्माण गर्नु भनेको हाम्रो बहुपक्षीय व्यापार प्रणाली र विश्व व्यापार संगठनका नियमहरूको पालन गर्नको लागि प्रतिबद्धता हो । हामी संसारलाई वैश्वीकरण र बहुपक्षीयतामा थप प्रगति गराउन प्रोत्साहित गर्नेछौं ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend