images

२०८३ आश्विन १९ गते

images
images
images

धान झुल्ने खेतमा लटरम्म कागती

धान झुल्ने खेतमा लटरम्म कागती

images
images
बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • काठमाडौं, ११ पुस । धानले झुल्ने खेत यतिबेला लटररम्म कागतीदाना पहेंलै भएका छन् । बिरुवाले रोपेको दुई वर्षमा फल दिन थालेपछि किसानको मुहारमा खुसी छाएको छ । घोराही उपमहानगरपालिका–६ बचाहाका भीम प्रसाद खनालले व्यावसायिक रुपमा कागती खेती गरेका छन् ।

    images
    images

    विष्णुदेवी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्मको नामको फाम दर्ता गरेर व्यावसायिक कागती खेती गरेको उनले बताए ।

    उनले आफ्नो १२ कट्ठा जमिनमा पाँच वर्ष अघि रोपेका सुन कागतीले रोपेको दोस्रो वर्ष देखि फल दिन थालेका छन् । उनको फार्म रहेको जमिनमा तारजाली लगाएका छन् । बिरुवा र तारबार गर्दा ८ लाख लगानी लागेको बताए ।

    images
    images

    “सिँचाइ सुविधा नभएकाले धानखेती गर्न साह्रै गाह्रो भयो, मेहनत अनुसारको उत्पादन भएन, उनले भने, “त्यसैले धानखेत मासेर कागती लगाएको हुँ ।” उनको बारीमा अहिले लटरम्म कागती फलेर पाकेका छन् ।

    कागतीलाई बजारको समस्या छैन, समयमा बीउमल नपाइएला कि भन्ने पनि छैन, उनले भने, “कम मेहनत र थोरै लगानीमा बजार पनि राम्रो छ ।” उनले दुई सय ६५ कागतीका बोटबाट वार्षिक पाँच लाख सम्म आम्दानी हुने गरेको बताए । बाँकी खेतमा तिहारका लागि रोपेको फूल बिक्री गरेर ७० हजार आम्दानी गरेको उनले बताए ।

    उत्पादन भएको कागती घोराही वजारमा बिक्री हुने गरेको छ । फुटकर किलोमा एक सय रुपैयाँ र थोकमा चार सय रुपैयाँमा पाँच किलो बिक्री हुने गरेको उनले बताए । दैनिक ५० किलो बिक्री गर्ने गरेको उनले बताए ।

    कागती फलेको समयमा सस्तो मूल्यमा बिक्री गर्नेुपर्ने बाध्यता रहेकाले कागती भण्डारणका लागि चिस्यान केन्द्र भएमा सजिलो हुने उनको भनाइ छ । स्थानीय, प्रदेश सरकारले चिस्यान केन्द्रका लागि सहयोग गर्न पनि आग्रह गरेका छन् ।

    पाकेको कागती लामो समय सम्म घरमा राख्न नसकिने र नजिकमा चिस्यान केन्द्र नहुँदा व्यापारीले भनेको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

    कृषि ज्ञान केन्द्र दाङका अनुसार दाङमा व्यावसायिक रुपमा कागती खेती गर्ने किसानको संख्या बर्सेनि बढ्दै गएको छ । कुनैबेला घरायसी प्रयोजनका लागि दुई रचार बोट लगाउनेहरुले अहिले व्यावसायिक रुपमा कागती खेती गर्न थालेका छन् । तीन वर्ष अघि ५० हेक्टर क्षेत्रफलमा कागती खेती गरिँदै आएको थियो, अहिले २९१ हेक्टरमा कागती खेती हुने गरेको छ ।

    ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार अहिले ११० हेक्टरमा वार्षिक ५६० मेट्रिकटन कागती उत्पादन भइरहेको छ । सुन कागतीले रोपेको दुइ वर्ष भित्रमा आम्दानी दिन थाले पछि व्यावसायिीक रूपमा खेती गर्नेको सङ्ख्या बढ्दै गएको उनले बताए ।

    बजारमा कागतीको माग दैनिक बढ्दै गएपछि पछिल्लो समय जिल्लामा कागती खेतीलाई नगदेबालीका रूपमा समेत किसानले लिन थालेका छन् । पछिल्लो समय धेरै किसान व्यावसायिक कागती खेतीमा लागेको उनी बताउँछन् ।

    सूचना अधिकारी लामिछानेले भने, “अन्य बालीको तुलनामा कम लगानी र मेहनतबाटै राम्रो आम्दानी लिन सकिने र बिक्रीका लागि बजारको पनि समस्या नहुँदा धेरै जना किसान कागती खेती प्रति आकर्षण बढेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend