images

२०८३ कार्तिक १ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

    images
    images

    युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७० पैसा र बिक्रीदर ९५ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।

    images
    images

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९  पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा,  मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा कायम भएको छ । 

    दक्षिण कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८  पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २७ पैसा र बिक्रीदर १२ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

    यस्तै, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ५१ पैसा र बिक्रीदर चार सय ४३ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ४४ पैसा र बिक्रीदर तीन सय ६२ रुपैयाँ ०२ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुपैयाँ ३१ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ८६ पैसा तोकिएको छ । 

    यसैगरी,  भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend