काठमाडौं, १० पुस । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त वित्तीय संस्थाका रुपमा घोषणा गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कर्णाली डेभलपमेन्ट बैंकलार्य समस्याग्रस्त संस्थाका रुपमा राखिएको केन्द्रीय बैंकले जनाएको छ ।
साथै उक्त संस्था सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन भएको छ ।
समितिमा वित्तीय संस्था सुपरीपेक्षण विभागका उप निर्देशक विष्णु कुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहा छन् । समितिले बिहीबार देखि नै बैंकको तोकिएको जिम्मेवारी सम्हाल्नेछ ।




.gif)





