images

२०८३ कार्तिक ६ गते

images
images
images

बाणिज्य बैंकको एघार महिनामा साढे ५६ अर्ब नाफा, कुन बैंकले कति कमायो ?

बाणिज्य बैंकको एघार महिनामा साढे ५६ अर्ब नाफा, कुन बैंकले कति कमायो ?

images
images
अर्थ समाचार
शुक्रवार, आषाढ २८ २०८१
अर्थ समाचार
शुक्रवार, आषाढ २८ २०८१
  • काठमाडौं । चालु आर्थिक बर्ष २०८०(८१ को ११ महिनामा बाणिज्य बैंकहरुको खुद नाफा १६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको बैक तथा वित्तीय संस्थाको जेठसम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।

    images
    images

    समीक्षा अवधीमा २० बाणिज्य बैंकले ५६ अर्ब ४५ करोड रुपियाँ खुद नाफा कमाएका छन् । यो गत आवको सोही अवधीका तुलनामा १० अर्ब ७८ करोड १४ लाख रुपियाँले कम हो । गत आवको सोही अवधीमा बाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड २० लाख रुपियाँ खुद नाफा कमाएका थिए । 
    नाफा कमाउने मामिलामा नविल बैंक अग्र स्थानमा देखिएको हो । समिक्षा अवधीमा नबिल बैंकले छ अर्ब ३३ करोड ८४ लाख रुपियाँ नाफा कमाएको छ । दोस्रो नम्बरमा भने ग्लोबल आईएमई बैंक रहेको छ । समीक्षा अवधीमा उक्त बैंकले पाँच अर्ब नौ करोड तीन लाख रुपियाँ नाफा कमाएको छ ।

    तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्ब ३८ करोड १३ लाख रुपियाँ नाफा कमाएको छ भने प्राइम कर्मशिलयले तीन अर्ब ५५ करोड ५१ लाख रुपियाँ, एभरेष्टले तीन अर्ब ३१ करोड ३१ लाख रुपियाँ, राष्ट्रिय बाणिज्यले तीन अर्ब छ करोड ८३ लाख रुपियाँ, प्रभुले तीन अर्ब तीन करोड ४२ लाख रुपियाँ, कृषि विकासले तीन अर्ब दुई करोड ४८ लाख रुपियाँ र स्टाण्डर्ड चार्टर्डले तीन अर्ब एक करोड ९० लाख रुपियाँ खुद नाफा कमाएको छ । 

    images
    images

    यसैगरी, एनएमबीले दुई अर्ब ७७ करोड ६३ लाख रुपियाँ, हिमालयनले दुई अर्ब ७६ करोड ६० लाख रुपियाँ, लक्ष्मीले दुई अर्ब ३७ करोड ४२ लाख रुपियाँ, सिद्धार्थले दुई अर्ब २७ करोड एक लाख रुपियाँ, एनआईसी एसियाले दुई अर्ब २३ करोड ५३ लाख रुपियाँ, सिटीजन्सले एक अर्ब ७५ करोड ६७ लाख रुपियाँ, सानिमाले एक अर्ब ७४ करोड ६४ लाख रुपियाँ, कुमारीले एक अर्ब ६७ करोड ४५ लाख रुपियाँ, नेपाल एसबीआईले एक अर्ब ६५ करोड ५१ लाख रुपियाँ, माछापुच्छ«ेले एक अर्ब २८ करोड ४१ लाख रुपियाँ र नेपाल बैंकले एक अर्ब सात करोड ६७ लाख रुपियाँ खुद नाफा कमाएको छ ।

    समीक्षा अवधीमा विकास बैंकहरुले भने चार अर्ब ९६ करोड रुपियाँ नाफा कमाएका छन् । वित्त कम्पनीहरुले भने ५४ करोड ७०  लाख रुपियाँ नाफा कमाएका छन् । यसरी ११ महिनामा समग्र बैंक तथा वित्तीय संस्थाहरुले ६१ अर्ब ९५ करोड ७० लाख रुपियाँ नाफा कमाएका छन् । गत आवको यसै अवधीमा उनीहरुले ७३ अर्ब ८० करोड रुपियाँ नाफा कमाएका थिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend