images

२०८३ कार्तिक १ गते

images
images
images

एनसीएचएलको १६ औं वार्षिकोत्सव सम्पन्‍न

एनसीएचएलको १६ औं वार्षिकोत्सव सम्पन्‍न

images
images
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १६औं वार्षिकोत्सव ८ पौष, २०८१ मा श्रीमान गभर्नर श्री महाप्रसाद अधिकारीज्यूको प्रमुख आतित्थमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष नेपाल वित्तीय संस्था संघका अध्यक्ष एनसीएचलका पूर्व अध्यक्ष तथा निवर्तमान सञ्चालक वर्तमान अध्यक्ष र सञ्चालकहरुको उपस्थितिमा एक औपचारिक कार्यक्रम आयोजना गरी मनाएको छ ।

    images
    images

    कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ प्रतिनिधि , अर्थ मन्त्रालय, नेपाल सरकारका विभिन्न निकाय तथा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका पदाधिकरीज्यूहरु, बैंक तथा वित्तीय संस्थाहरु, पीएसपी, पीएसओका प्रमुख लगायत अन्य पदाधिकरीहरुको पनि विशेष उपस्थिती रहेको थियो ।  

    नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुको नेतृत्वमा ८ पौष, २०६५ मा एनसीएचएल नेपालमा विभिन्न  राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरु स्थापना गर्न सञ्चालनमा आएको थियो । वार्षिकोत्सव कार्यक्रममा एनसीएचएलले यस वर्ष कम्पनीमा आफ्नो १० वर्ष पूरा गर्नुभएका तीन कर्मचारीहरूलाई कम्पनी प्रतिको समर्पणको लागि दीर्घ सेवा पदकबाट सम्मानित गरेको छ । सम्मानित हुने मध्ये प्रमुख सञ्चालन अधिकृत – मुन्नी राजभण्डारी, प्रोडक्ट लीड – विष्णु प्रसाद धिताल तथा इनचार्ज कार्ड अपरेसन्स –वन्दना लुइँटेल रहनुभएको छ ।  

    images
    images

    एनसीएचएलले वार्षिकोत्सवको अवसरमा १२ वटा विधामा सबैभन्दा बढि कारोबार गर्ने बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र सरकारी निकायलाई सम्मानित गरेको छ । वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीबाट एनआईसी एशिया बैंक, गरिमा विकास बैंक र आइसीएफसी फाइनान्सलाई “एक्सिलेन्स इन नेपालपे क्यूआर ट्रान्जेक्शन” अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी, ग्लोबल आईएमई बैंकलाई “एक्सिलेन्स इन इएफटी कार्ड सर्भिसेस्” तथा “एक्सिलेन्स इन मोबाइल बैंकिङ्ग तथा अल्टरनेट च्यानल” अवार्डबाट सम्मानित गरिएको थियो । नबिल बैंक “एक्सिलेन्स इन डिजिटाइजिंग बिज्नेसेस् विथ कर्पोरेटपे” अवार्ड प्राप्त गर्न सफल भएको छ ।

    नेपाल सरकारको खर्च र राजस्वको कारोबार डिजिटाइज गर्न विशेष भूमिका निर्वाह गर्ने बैंक वित्तीय संस्थाको रुपमा राष्ट्रिय वाणिज्य बैंकलाई विशेष अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी नेपाल सरकारको विद्युतीय माध्यमबाट कारोबार गर्ने नीति अनुरुप गत आर्थिक वर्षमा एनसीएचएल प्रणाली मार्फत सरकारी कारोबारलाई डिजिटाइजेसन गर्न खेलेको विशेष भुमिकालाई सम्मान गर्दै राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागलाई पनि विशेष अवार्ड प्रदान गरिएको थियो ।

    सरकारी कारोबार बाहेक सबै भन्दा बढि कारोबार गरी सम्मानित हुने वाणिज्य बैक, विकास बैंक, फाइनान्स कम्पनी र भुक्तानी सेवा सञ्चालक÷ भुक्तानी सेवा प्रदायकमा क्रमशः ग्लोबल आईएमई बैंक, ज्योति विकास बैंक, गुडविल फाइनान्स र खल्ती प्राइभेट लिमिटेड रहेका थिए । कार्यक्रममा एनसीएचएलका पूर्व अध्यक्ष श्री सुमन जोशीज्यलाई वि.सं. २०६६ माघ १० गतेदेखि मंसिर ८, २०६८ सम्म एनसीएचएलको सञ्चालक समितिको अध्यक्षको रुपमा रही संस्था सञ्चालनको लागि पुर्या‍उनु भएको अमूल्य योगदान तथा मार्गनिर्देशनलाई उच्च मूल्याकंन गर्दै श्रीमान गभर्नरबाट विशेष सम्मान पत्र प्रदान गरिएको थियो । 

    एनसीएचएल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको इजाजतप्राप्त संस्था हो ।  एनसीएचएलमा ५३ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू सदस्यका रूपमा र १०० भन्दा बढी गैर–बैंक संस्थाहरू प्राविधिक सदस्यका रूपमा आबद्ध रहेका छन् ।एनसीएचएलको प्रणालीहरुबाट दैनिक औसत ने रु ५५ अर्ब बराबरको ६ लाख भन्दा बढी भुक्तानी कारोबार हुने गरेका छन् भने गत आर्थिक वर्ष एनसीएचएलले ने रु १५,५७५ अर्ब भन्दा बढीको १२ करोड ६१ लाख भुक्तानी कारोबारहरू फछ्र्यौट गरेको थियो । भुक्तानी कारोबार संख्याको आधारमा सो संख्या ५४% ले बृद्धि भएको हो ।

      

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend