images

२०८३ आश्विन १९ गते

images
images
images

पेट्रोल र डिजेलको मूल्य वृद्धि

पेट्रोल र डिजेलको मूल्य वृद्धि

images
images
अर्थ समाचार
सोमवार, आषाढ १७ २०८१
अर्थ समाचार
सोमवार, आषाढ १७ २०८१
  • नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ।

    images
    images

    इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरीद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य वृद्धि गरिएको आयल निगमले जनाएको छ। सोमबारदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर दुई रुपैयाँ र डिजेलमा पाँच रुपैयाँ वृद्धि गरिएको हो।

    त्यस्तै, हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ। मूल्य वृद्धिसँगै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा कायम गरिएको छ। त्यस्तै, डिजेल र मट्टिटेलको मूल्य १५४ रुपैयाँ ५० पैसा पुगेको छ।

    images
    images

    सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ रुपैयाँ पुगेको छ। डिजेल र मट्टिटेलको मूल्य १५६ रुपैयाँ पुगेको निगमले जनाएको छ।

    काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य १५७ रुपैयाँ कायम भएको निगमले जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend