images

२०८३ आश्विन २० गते

images
images
images

कैलाश हेलिकप्टरले बुक बिल्डिङमार्फत आईपीओ ल्याउने

कैलाश हेलिकप्टरले बुक बिल्डिङमार्फत आईपीओ ल्याउने

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी कैलाश हेलिकप्टर सर्भिसेसले २० प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको वैठकले लाभांश प्रस्तावको प्रस्ताव साधारणसभामा पेश भएको हो ।

    images
    images

    कम्पनीले यही पुस २९ गते बस्ने दोस्रो वार्षिक साधारणसभामार्फत सञ्चालकलाई २० प्रतिशतको नगद लाभांश (कर प्रयोजन)समेत वितरण गर्न स्वीकृति मागेको हो ।यसैगरी कम्पनीले वार्षिक साधारणसभाबाट प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ । सभाका लागि विशेष प्रस्तावस्वरुप यस्तो एजेन्डा ल्याइएको हो ।

    कैलाशले बुक बिल्डिङमार्फत प्राथमिक सेयर निष्कासन (आइपीओ)जारी गर्ने तयारी गरेको छ । कम्पनीले ५ सय देखि ६ सय रुपैयाँ प्रतिकित्ताका दर आईपीओ जारी गर्ने गरी बुक बिल्डिङमार्फत् आईपीओ ल्याउने भएको हो । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव साधारणसभाका लागि गरिएको हो ।

    images
    images

    कैलाश हेलिकप्टरले गत आर्थिक वर्षमा नै ३२७ रुपैयाँ प्रिमिय मूल्यमा आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत मागेको थियो । उक्त प्रस्तावमाथि बोर्डले कुनै निर्णय नगरेको र कैलाश हेलिको मूल्यांकन बढेकोले अब बुक बिल्डिङबाट आइपीओ निष्कासन गर्न अनुमति माग्ने भएको हो ।

    संचालन वर्षदेखि नै निरन्तर नाफामा चलेकाे यो हेलिकप्टरले गत वर्ष १० प्रतिशत नगदसहित १५ प्रतिशतकाे लाभांस वितरण गरेकाे थियाे भने याे वर्ष २० प्रतिशतकाे लाभांश बाड्न सक्षम भएको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend