images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • मेरो माइक्रोफाइनान्स लघुवित्तले डाक्यो वार्षिक साधारण...

मेरो माइक्रोफाइनान्स लघुवित्तले डाक्यो वार्षिक साधारण सभा

मेरो माइक्रोफाइनान्स लघुवित्तले डाक्यो वार्षिक साधारण सभा

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ४ गते, शुक्रबार बाह्रौँ वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा सिद्धार्थ होटल बाटर टावर, विदुर–४, बट्टार, नुवाकोटमा बिहान साढे ११ बजे शुरु हुनेछ।

    images
    images

    सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३९४७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै सभाले संस्थापक र सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ५१ः४९ कायम गर्ने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने जनाएको छ ।

    सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend