images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • कालिन्चोक दर्शनले शतप्रतिशत हकप्रद सेयर ...

कालिन्चोक दर्शनले शतप्रतिशत हकप्रद सेयर ल्याउने

कालिन्चोक दर्शनले शतप्रतिशत हकप्रद सेयर ल्याउने

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं । कालिञ्चोक दर्शनले आफ्ना शेयरधनीहरुका लागि १०० प्रतिशत हकप्रद ल्याउने भएको छ।

    images
    images

    कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले हाल कायम चुक्तापुँजी ६० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता हकप्रद जारी गर्नेछ।

    हकप्रद शेयरको प्रस्ताव पेस गर्न कम्पनीले आफ्नो १० औँ वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको पिंगलास्थानस्थित बद्रीनाथ होटलमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।सभाले हकप्रद शेयरको प्रस्ताव पारित गरेपछि नियमनकारी निकायहरुबाट स्वीकृति लिई निष्कासन गरिने कम्पनीले जनाएको छ।

    images
    images

    सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र सञ्चालकको नियुक्तिसम्बन्धी प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

    वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनलिे पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend