images

२०८३ आश्विन २२ गते

images
images
images
  • बजार
  • टाटे सिमीमा विषादीको मात्रा ५८ प्रतिशतभन्दा...

टाटे सिमीमा विषादीको मात्रा ५८ प्रतिशतभन्दा बढी

टाटे सिमीमा विषादीको मात्रा ५८ प्रतिशतभन्दा बढी

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौं ।  केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले टाटे सिमीमा विषादीको मात्रा धेरै भेटिएको छ ।

    images
    images

    आइतबार फलफूल तथा तरकारीमा विषादीको मात्रा परीक्षण गर्दा टाटे सिमीमा अर्गानोफस्फेट नामक विषादीको मात्रा ५८ प्रतिशतभन्दा बढी भएको फेला परेको हो ।  

    सर्लाहीबाट ल्याइएको उक्त टाटे सिमी खेमराज खरेलको ६६८ नम्बरको पसलबाट नमुना परीक्षणका लागि लिइएको थियो । उक्त सिमीमा ५८.०९७६ प्रतिशत अर्गानोफस्फेट नामक विषादीको मात्रा भेटिएको हो । 

    images
    images

    कालीमाटीले अर्गानोफस्फेट र कार्वामेट नामक विषादी परीक्षण गर्दै आएको छ । यस्तो तरकारीमा ३५ प्रतिशतभन्दा कम विषादीको मात्रा भएमा उपभोग योग्य मानिन्छ र ३५ माथि ४५ भन्दा कम भएमा केहिदिन राखेर उपयोग गर्न सकिन्छ र ४५ प्रतिशतभन्दा बढी भएमा उपयोग अयोग्य मानिन्छ । pppp

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend