images

२०८३ कार्तिक १ गते

images
images
images

सिद्धार्थ बैंकले बोलायो २३ औँ वार्षिक साधारण सभा

सिद्धार्थ बैंकले बोलायो २३ औँ वार्षिक साधारण सभा

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा बोलाएको छ । बैंकले यहि पुस २८ गते आइतबार भद्रकालीको आर्मी अफिसर्स क्लबमा २३ औँ वार्षिक साधारण सभा बोलाएको हो।

    images
    images

    उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित समेत गर्ने भएको छ । बैंकले ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    साधारण सभामा एसबिएल ८.२५ प्रतिशत अग्राधिकार शेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृतीपश्चात जारी गर्ने प्रस्ताव पनि राखिएको छ । साधारण सभामा प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव राखिएको छ ।

    images
    images

    बैंकले साधारण सभा तथा लाभांश वितरणका लागि पुस १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकले वितरण गर्ने लाभांश र साधारण सभामा सहभागिता हुन पाउने छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend