images

२०८३ कार्तिक ६ गते

images
images
images
  • बैंक वित्त
  • सिटिजन्स बैंकका ग्राहकहरूलाई ब्लु क्रस डेन्टल...

सिटिजन्स बैंकका ग्राहकहरूलाई ब्लु क्रस डेन्टल क्लिनिकमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकहरूलाई ब्लु क्रस डेन्टल क्लिनिकमा विशेष छुट

images
images
शुक्रवार, आषाढ २८ २०८१
शुक्रवार, आषाढ २८ २०८१
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्वार्को, काठमाडौं स्थित ब्लु क्रस डेन्टल क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    images
    images

    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ब्लु क्रस डेन्टल क्लिनिकमा २०% सम्मको आकर्षक छुट पाउनेछन् ।

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    images
    images

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा ए.टि.एम., ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend