images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • आईसीएफसी फाइनान्सको २१ औँ ...

आईसीएफसी फाइनान्सको २१ औँ वार्षिक साधारणसभा आह्वान

आईसीएफसी फाइनान्सको २१ औँ वार्षिक साधारणसभा आह्वान

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौं । आईसीएफसी फाइनान्सले आफ्नो २१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

    images
    images

    कम्पनी सञ्चालक समितिको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा बिहान १० बजेबाट सुरु हुनेछ।

    सभाले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ५.२६६२ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ।सभाले कम्पनीमा संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ।

    images
    images

    सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले स्वीकृत गर्नेछ।

    लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend