images

२०८३ कार्तिक १ गते

images
images
images

११ बैंककाे लाभांश घोषणा हुँदा कसले कति दिए ?

११ बैंककाे लाभांश घोषणा हुँदा कसले कति दिए ?

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्नेक्रम जारी छ ।

    images
    images

    बैंकहरुले गत आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट आफ्नोश शेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् । अहिलेसम्म ११ वटा बैंकले लाभांश दिने घोषणा गरिसकेका छन् ।

    लाभांश घोषणा गरेका बैंकले बोनस भन्दा पनि नगदलाई बढी प्राथमिकता दिएका छन् ।

    images
    images

    यसवर्ष बैंकहरुको लाभांश दर भने घटेको छ । अघिल्लो आवको तुलनामा गत आवमा बैंकहरुले लाभांश दर घटाएका छन् । बैंकको पुँजी वृद्धिअनुसार व्यवसाय बढाउन नसक्दा लाभांश दर घटाएको बैंकका अधिकारी बताउँछन् ।

    हाल नेपाल स्टक एक्सचेन्जमा सूचिकृत १९ वाणिज्य बैंकमध्ये हालसम्म ११ वटा वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव गरेका छन् । केही बैंकले लाभांश नदिने घोषणा गरिसकेका छन् । लाभांश दिएका बैंकहरुले न्यूनतम ४ देखि अधिकतम २५.५ प्रतिशतसम्म लाभांश दिएका छन् ।

    स्टयाण्डर्ड चार्टर्ड बैंक

    गत वर्षका नाफाबाट लाभांश घोषणा गरेका बैंकमध्ये सबैभन्दा बढी स्टयाण्डर्ड चार्टर्ड बैंकको रहेको छ । बैंकले आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिएको छ । जसमा बोनस ६.५ प्रतिशत बोनस र कर सहित १९ प्रतिशत नगद लाभांश दिएको छ ।

    एभरेष्ट बैंक

    एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट १५.५३ प्रतिशत लाभांश दिएको छ । जसमा १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश दिएको छ ।

    नबिल बैंक

    गत आर्थिक वर्षको नाफाबाट नबिल बैंकले सेयर धनीलाई १० प्रतिशत नगद लाभांश दिएको छ । यो पटक बैंकले बोनस सेयर दिएको छैन ।

    ग्लोबल आइएमई बैंक

    ग्लोबल आइएमई बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ५.५ प्रतिशत लाभांश दिएको छ । बैंकले यो पटक सेयरधनीलाई नगद लाभांश नदिएर बोनस सेयर मात्रै दिएको छ ।

    सानिमा बैंक

    सानिमा बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिएको छ । यो पटक बैंकले बैंकले सेयरधनीलाई बोनस सेयर नदिएको हो ।

    सिटिजन बैंक

    सिटिजन बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ४.२१ प्रतिशत लाभांश दिएको छ । जसमा ४ प्रतिशत बोनस र करसहित ०.२१ प्रतिशत नगद लाभांश दिएको छ ।

    प्राइम कमर्सियल बैंक

    प्राइम कमर्सियल बैंकले गत अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश दिएको छ । बैंकले गत आवको नाफाबाट नगद मात्रै लाभांश दिएको छ । यो पटक बैैंकले भने बोनस सेयर दिएको छैन ।

    सिद्धार्थ बैंक

    सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत लाभांश दिएको छ । यो पटक बैंकले सेयरधनीलाई बोनस सेयर दिएको छैन । नगद लाभांश मात्रै दिएको हो ।

    लक्ष्मी सनराइज बैंक

    लक्ष्मी सनराइज बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश दिएको छ । जसमा बोनस ५ प्रतिशत र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश रहेको छ ।

    नेपाल एसबीआई बैंक

    नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट १०.६५ लाभांश दिएको छ । बैंकले दिएको लाभांशमा बोनस भन्दा नगद लाभांश रहेको छ । बैंकले ३.८ प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश दिएको छ ।

    कृषि विकास बैंक

    कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस ७.५३ प्रतिशत र कर सहित ३ प्रतिशत नगद लाभांश रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend