काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गको वाणिज्य बैंक हो, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड । यस बैंकले देशभरका ६० जिल्लाबाट सेवा बैंकिङ सेवा दिइरहेको छ । बैंकले आफ्ना १९७ शाखा, १६२ एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको यस आफ्ना ग्राहकहरूका लागि विभिन्न योजनाहरू ल्याउने गरेको छ । पछिल्लो समय सिटिजन्स बैंकले नयाँ योजना सार्वजनिक गरेको छ ।बैंकले ७ वर्षको लागि स्थिर रहने गरी ७।९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना सार्वजनिक गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नारासहित यो योजना सार्वजनिक गरेको हो ।
बैंकको उपभोक्ता बैंकिङ इकाई प्रमुख धिरजराज जोशीका अनुसार सिटिजन्स घर कर्जा योजनाअन्तर्गत कायम रहेको ब्याजदर ७ वर्षसम्म स्थिर रहनेछ । ७ वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधारदरमा १ प्रतिशत प्रिमियम दर थपी ब्याजदर कायम गरिनेछ । यो सुविधा बैंकको जुनसुकै शाखाबाट पनि लिन सकिन्छ ।यस आकर्षक योजनामा सहभागी हुन ग्राहकहरूले आफ्नो पायक पर्ने नजिकको सिटिजन्स बैंकको कुनै पनि शाखा कार्यालयबाट सुविधा उपभोग गर्न सक्ने समेत उनले जानकारी दिए ।
अधिकतम २ करोडसम्मको कर्जा उपभोग गर्न सकिने यस घर कर्जा योजनामा ग्राहकहरूलाई निःशुल्क भिसा क्रेडिट कार्ड र सिटिजन्स फोनपे क्रेडिट कार्ड जारी गरिने सुविधा रहेको छ । पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा पनि ५० प्रतिशत शर्तसहितको छुट रहेको छ ।




.gif)





