images

२०८३ कार्तिक १ गते

images
images
images

कर्मचारी सुरक्षण कोषको २१ करोड लगानी गर्दै राष्ट्र बैंक

कर्मचारी सुरक्षण कोषको २१ करोड लगानी गर्दै राष्ट्र बैंक

images
images
बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २१ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।

    images
    images

    राष्ट्र बैंकले उक्त रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड ८० लाख, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड १५ लाख र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ५ लाख गरी कुल २१ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

    राष्ट्र बैंकले एक वर्षको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागेको हो । उक्त रकम लिन चाहने बैंक तथा वित्तीय संस्था आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदर ५ पुसभित्र राष्ट्र बैंकमा बुझाइसक्नुपर्ने छ ।राष्ट्र बैंकको रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम रहेको हुनुपर्ने छ ।

    images
    images

    यसैगरी खुद तरल सम्पत्ति बैैंकले तोकेको न्यूनतम सीमा कायम गरेको, कर्जा/निक्षेप अनुपात बैंकले समय–समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको लगायतका सर्त पनि छन् ।लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलाई बैंकले जरिबाना गरेको अवस्थामा त्यस्ता पदाधिकारी संस्थामा कायम नरहेको र यदि रहे जरिवाना भुक्तानी गरेको अवधि ६ महिना पूरा भएको हुनुपर्ने, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने लगायत सर्त पनि केन्द्रीय बैंकको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend