images

२०८३ कार्तिक १ गते

images
images
images

कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

images
images
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • काठमाडौं । बैंकरहरूको छाता संगठन नेपाल बैंकर्स संघमा सन्तोष कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मच चयन भएको छ ।

    images
    images

    संघको बुधबार आयोजित ३८औं वार्षिक साधारणसभाले कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । संघ उपाध्यक्षमा ग्लोबल आईएमई बैंक सीईओ सुरेन्द्रराज रेग्मी चयन भएका छन् ।

    त्यसैगरी सदस्यहरूमा प्रभु बैंक सीईओ अशोक शेरचन, सानिमा बैंक सीईओ निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंक सीईओ सञ्जीव मानन्धर, सिद्धार्थ बैंक सीईओ सुन्दरप्रसाद कँडेल, कुमारी बैंक सीईओ रामचन्द्र खनाल, एभरेस्ट बैंक सीईओ सुदेश खालिङ र नेपाल बैंक सीईओ तिलकराज पाण्डेय चयन भएका छन् ।

    images
    images

    त्यस्तै निवर्तमान अध्यक्ष सुनिल केसी कार्यसमिति पदेन सदस्य तथा पूर्वअध्यक्षहरू अशोक राणा र ज्ञानेन्द्रप्रसाद ढुंगाना कार्यसमिति सल्लाहकारका रूपमा रहेको संघले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend