images

२०८३ कार्तिक १ गते

images
images
images

बैंकमा थुप्रियो तीन खर्ब ५९ अर्ब, एक खर्ब तान्दै राष्ट्र बैंक

बैंकमा थुप्रियो तीन खर्ब ५९ अर्ब, एक खर्ब तान्दै राष्ट्र बैंक

images
images
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • काठमाडौं । कर्जा लगानी बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता कायमै छ। बैंकहरूमा करिब सात खर्ब हाराहारी कर्जा लगानी योग्य रकम र तरलता छ।यही कारण राष्ट्र बैंकले बैंकहरूबाट सातामै अर्बौ रकम तान्ने र छोड्ने गरिरहेको छ। बुधबार मात्रै राष्ट्र बैंकले बैंकहरूबाट एक खर्ब रूपैयाँ रकम तान्न लागेको हो।

    images
    images

    राष्ट्र बैंकले २१ दिनको लागि यसरी बैंकहरूमा बढी भएको रकम तान्न लागेको हो। बैंकहरूले पुस २४ गते यो रकम फिर्ता पाउँनेछन्।आज पुस ३ गते नै यसअघि बैंकहरूले राखेको एक खर्ब रूपैयाँ परिपक्व हुँदैछ। बैंकहरूले गत मंसिर १२ गते राखेको एक खर्ब रूपैयाँ परिपक्व भएपछि यति नै रकम प्रणालीबाट तान्न लागेको हो।

    राष्ट्र बैंकले पटक–पटक गरेर बैंकहरूबाट एक सय १५ खर्बभन्दा धेरै रकम खिचिसकेको छ। यो रकम निश्चित समयको लागि तान्दै फेरि फिर्ता गर्दै गरेको कुल रकम हो।

    images
    images

    पुस दुई गतेसम्मको तथ्यांक अनुसार बैंकहरूले राष्ट्र बैंकमा यसरी राखेको रकम तीन खर्ब ५९ अर्बसम्म छ। यस्तो सञ्चित रकम भने बढ्दो क्रममा छ। मंसिर ९ गते बैंकहरूले यसरी राखेको रकम मात्रै तीन खर्ब आठ अर्ब रूपैयाँ थियो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend