images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • कुथेली बुखरी स्मल हाइड्रोपावरको १३औँ वार्षिक...

कुथेली बुखरी स्मल हाइड्रोपावरको १३औँ वार्षिक साधारणसभा आह्वान

कुथेली बुखरी स्मल हाइड्रोपावरको १३औँ वार्षिक साधारणसभा आह्वान

images
images
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावरले आफ्नो १३औँ वार्षिक साधारणसभा पुस २७ गते नयाँबानेश्वर थापागाउँस्थित काठमाडौं ब्याङ्क्वेटमा बिहान १०:३० बजे आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभामा गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित कुल १०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्ने निर्णय गरेको छ। यसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश समावेश छन्। बोनस शेयर वितरणपछि पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने कार्यक्रम पनि रहेको छ।

    images
    images

    कम्पनीले आगामी परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रस्ताव स्वीकृत गर्न प्रबन्धपत्रका केही दफा संशोधन गर्ने र नियमनकारी निकायले निर्देशन दिएमा आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ। साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ। संस्थापक समूहबाट ५ जना सञ्चालकको निर्वाचन र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि सभाको एजेन्डामा समावेश छ।

    लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि पुस ११ गते बुक क्लोज मिति निर्धारण गरिएको छ। यस मितिभन्दा अघिसम्म कायम शेयरधनीहरू मात्र लाभांश पाउन र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्। सभामा कम्पनीका आगामी रणनीति, परियोजना र प्रशासनिक विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend