images

२०८३ कार्तिक १ गते

images
images
images

वाणिज्य बैंकले चार महिनामा कति कमाए नाफा ?

वाणिज्य बैंकले चार महिनामा कति कमाए नाफा ?

images
images
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • काठमाडौँ ।चालु आर्थिक बर्षको चार महिनामा वाणिज्य बैंकहरूले २२ अर्ब २९ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका २० ओटा वाणिज्य बैंकहरूले गत बर्षको सोही अवधिको तुलनामा नाफा रकम ७.५६ प्रतिशतले बृद्धि गरी २२ अर्ब २९ करोड रुपैयाँ पुर्याएको हो । यसअवधिमा अधिकांश वाणिज्य बैंकको नाफा बृद्धि भएको देखिन्छ । 

    images
    images

    राष्ट्र बैंकको तथ्याङ्क अनुसार कार्तिक महिनामा मात्रै बाणिज्य बैंकहरूले ६ अर्ब १० करोड ९२ लाख रुपैयाँ नाफा कमाएका छन् । जुन असोज महिनाको तुलनामा ३७.७४ प्रतिशतले बढी हो ।वाणिज्य बैंकहरूले असोज मसान्तसमम १६ अर्ब १८ करोड ९४ लाख २२ हजार रुपैयाँ नाफा कमाएका थिए । जुन गत बर्षको सोही अवधिको तुलनामा २१.१७ प्रतिशत बढी हो । कर्जा असुलीमा समस्या, खराब कर्जाको उच्च बृद्धि, कर्जा प्रवाहमा सुस्ततालगायतका समस्याहरू झेल्दै आए पनि समीक्षा अवधिमा केही बैंकहरूले नाफामा उल्लेख्य प्रगति देखिन्छ । केही बैंकहरूको नाफामा भने सो समस्या अझै यथावत रहेको पाइन्छ । 

    केन्द्रीय बैंकको तथ्याङ्क अनुसार कार्तिक मसान्तसम्म गत बर्षको तुलनामा १३ ओटा बैंकले नाफा बृद्धि गरेका छन् भने ६ ओटा नाफा घटेको छ । नबिल, ग्लोबल आइएमई, नेपाल, प्रभु, माछापुच्छ्रे, नेपाल एसबिआई, प्राइम, स्टान्डर्ड चार्टर्ड, कुमारी, सिद्धार्थ, एनएमबि र एभरेस्ट बैंकको नाफा बढेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य, एनआइसी एशिया, सिटिजन्स, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन र सानिमा बैंकको नाफा घटेको छ । यता, कृषि विकास बैंक भने नोक्सानीमा रहेको छ । यस अवधिमा सबैभन्दा बढी नाफा बृद्धि गर्नेमा लक्ष्मी सनराइज बैंक रहेको छ भने सबैभन्दा कम नाफा माछापुच्छ्रे बैंकले कमाएको छ । 

    images
    images

    लक्ष्मी सनराइज बैंकले चार महिनामा नाफा रकम १०७.२६ प्रतिशतले बृद्धि गरेको हो । गत बर्ष कार्तिक मसान्तसम्म ५१ करोड ५ लाख रुपैयाँ नाफा कमाएको यो बैंकले यस बर्ष सोही अवधिमा १ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । 
    असोज मसान्तसम्म लक्ष्मी सनराइज बैंकले ५३ करोड ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको लक्ष्मी सनराइज बैंकले एक महिनामै सो रकम १ अर्ब नघाएको हो । चार महिनासम्म सबैभन्दा बढी नाफा नबिल बैंकको रहेको छ । नबिल बैंकको कार्तिक मसान्तसम्म २ अर्ब ६९ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ । यो बैंकले असोज मसान्तसम्म २ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको थियो । एक महिनामा नबिल बैंकको नाफा ६३ करोड रुपैयाँले बढेको हो । 

    ग्लोबल आइएमई बैंक सबैभन्दा बढी नाफा कमाउनेको दोस्रोमा छ । यो बैंकले कार्तिक मसान्तसम्म २ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ । असोज मसान्तसम्म १ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको यो बैंकले एक महिनामै सो रकम २ अर्बमाथि पुर्याएको हो । त्यस्तै, सर्वाधिक नाफा कमाउनेको तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ महिनामा १ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । असोज मसान्तसम्म यो बैंकको नाफा १ अर्ब ४६ करोड रुपैयाँ थियो । धेरै नाफा कमाउनेको चौंथो स्थानमा रहेको प्राइम कर्मसियल बैंकले  कार्तिकसम्म १ अर्ब ६२ करोड नाफा कमाएको छ । 

    ४ महिनामा करिब दर्जन बैंक अर्बपति क्लबमा 

    राष्ट्र बैंकको तथ्याङ्क अनुसार ११ ओटा बैंक अर्बपति क्लबमा उक्लिएका छन् । जसम्ये दुई अर्बमाथि नाफा कमाउने दुई ओटा बैंक छन् । कार्तिक मसान्तसम्म ग्लोबल आइएमई बैंक र नबिल बैंकको नाफा २ अर्ब माथि पुगेको हो । त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक र एभरेष्ट बैंकको नाफा १ अर्ब ५० करोड र सो भन्दा माथि रहेको छ । लक्ष्मी सनराइज बैंक, एनएमबि बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक र स्टान्डर्ड चार्टर्ड बैंकको नाफा पनि १ अर्ब वा सोभन्दा बढी रहेको छ । 

    ६ ओटा बैंकको नाफा घट्दा एउटाको ऋणात्मक 

    राष्ट्र बैंकको तथ्याङ्क अनुसार कार्तिक मसान्तसम्म सबैभन्दा बढी नाफा घट्नेमा एनआइसी एशिया बैंक रहेको छ । गत बर्षको सोही अवधिको तुलनामा यो बैंकको नाफा रकम ७१.८३ प्रतिशतले घटेर ३८ करोड रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्म यो बैंकले ११ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले गतब र्षको तुलनामा ५४.१९ प्रतिशत कम ५५ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ भने हिमालयन बैंकले ३९.०१ प्रतिशत कम ६५ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

    गत आर्थिक वर्षको कात्तिक मसान्तसम्म पनि नाफामा ऋणात्मक भएका कृषि विकास बैंकले चालू आवको सोही अवधिमा पनि नाफामा सुधार गर्न सकेको छैन । यो बैंक चालू आवको कार्तिक मसान्तसम्म पनि २२ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

    note.JPG

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend