images

२०८३ आश्विन २१ गते

images
images
images

ग्रामीण महिलाको आयआर्जनको माध्यम बन्दै कोदो

ग्रामीण महिलाको आयआर्जनको माध्यम बन्दै कोदो

images
images
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • गलेश्वर। म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ की हिमा छन्त्यालले यस वर्ष चारमुरी कोदो बेचेर १७ हजार आम्दानी गरिन् । छन्त्यालले गत असारमा चार हजार खर्च गरेर बाँझो बारीमा कोदोखेती गरेकी थिइन् ।

    images
    images

    वर्षौंदेखि बाँझिएको बारीमा खनजोत, मल र खेतालाका लागि असारमा चार हजार खर्च गरेकी छन्त्यालले ३० हजार बराबरको सात मुरी कोदो उत्पादन भएको बताइन् । उत्पादन भएको कोदोमध्ये चार मुरी बिक्री गरेर तीन मुरी घरायसी प्रयोजनका लागि राखेकी उनले बाँझो रहेको आफ्नो सबै बारीमा अर्को वर्षदेखि कोदोखेती गर्ने बताइन् ।

    छन्त्याल मात्रै होइन पछिल्लो समय म्याग्दीका किसान कोदोखेतीतर्फ आकर्षित हुँदै गएका छन् । माग बढेसँगै आम्दानी पनि वृद्धि हुँदै गएपछि ग्रामीण भेगका महिला किसान कोदोखेतीतर्फ आकर्षित भएका हुन् । राम्रो मूल्य पाउने र उत्पादन गर्न पनि सजिलो भएकाले कोदोखेतीतर्फ आकर्षण बढेको जिल्ला कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

    images
    images

    ग्रामीण क्षेत्रका पाखो जमिन कोदोखेतीका लागि निकै उपयुक्त मानिन्छ । कोदोमा मानव स्वास्थ्यका लागि अत्यावश्यक पौष्टिकतत्व भरपुर मात्रामा पाइन्छ । त्यसकारण बेनी, पोखरा, काठमाडौं लगायतका सहरी क्षेत्रमा कोदोको माग बढेको मङ्गला गाउँपालिका–४ की गौमती विकले बताइन् ।

    कोदोखेती विस्तार र संरक्षणमा सम्बन्धित स्थानीय तहले नै आवश्यक सहयोग तथा बजारीकरणको प्रबन्ध मिलाउन थालेपछि कोदोखेतीतर्फ आकर्षण बढ्दै गएको कृषि प्राविधिक जगत बानियाँले बताए । गाउँका महिला कोदोखेतीतर्फ आकर्षित भएपछि स्थानीय तहहरुले पनि कोदोखेतीतर्फ प्रोत्साहित गर्न सहुलियत र अनुदानका विभिन्न कार्यक्रम विस्तार गर्न थालेका छन् ।

    सहरबजारबाट कोदोको माग आउन थालेपछि वर्षौंदेखि बाँझो रहेको जग्गामा कोदोखेती विस्तारका लागि किसानलाई सहयोग गर्ने गरेको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगरले बताइन् ।“कोदो घरेलु मदिरा उत्पादन र सहरबजारमा खानाका लागि प्रयोग हुँदै आएको छ, पछिल्लो समय सहरबजारबाट कोदोको माग अत्यधिक हुन थालेपछि यहाँका किसानले भनेको मूल्य पाएका छन्”, उपाध्यक्ष मगरले भनिन्, “गाउँपालिकाले पनि कोदोखेतीलाई प्रोत्साहित गरेको छ, कोदोको मदिरालाई ब्राण्डिङगरी बजारीकरणका लागि पनि छलफल भइरहेको छ ।”

    आफूले उत्पादन गरेको कृषि उपजले बजार पाएपछि यहाँका किसान पनि खुसी भएका मालिका–१ निस्कोटका वडाध्यक्ष टङकप्रसाद पुनले बताए। महिलाहरु आम्दानीसँग जोडिएपछि गाउँको आर्थिक अवस्था पनि सबल बन्दै गएको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।तीन वर्ष अघिसम्म प्रतिपाथी ६० मा पनि बिक्री नहुने कोदो अहिले दुई सय प्रतिपाथी बिक्री हुन थालेको किसान लक्ष्मी पुनले बताइन् । प्रदेश र स्थानीय सरकारले समेत स्थानीय उत्पादनको बजार व्यवस्थापन र व्यावसायिकरणका लागि ठोस् योजना नै बनाएर प्रोत्साहित गर्ने हो भने कोदो म्याग्दीका किसानको राम्रो आम्दानीको स्रोत बन्न सक्ने पश्चिम म्याग्दीको दरबाङ बजारका व्यवसायी अमृत सापकोटाले बताए ।

    म्याग्दीका छ वटै स्थानीय तहमा कोदोको राम्रो उत्पादन हुन्छ । थोरै बीउमासमेत धेरै उत्पादन गर्न सकिने कोदो पाखो जमिनमा लगाउने गरिन्छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा कोदोखेती हुँदै आएकामा गत वर्षदेखि बाँझो जग्गामा पनि किसानले कोदोखेती विस्तार गर्न थालेका छन् ।

    गाउँगाउँमा सञ्चालित होमस्टे (घरवास) मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । उत्पादित कोदो बिक्री गर्नाका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर खान बजारमा माग बढिरहेको बताइएको छ । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend