काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीले आफ्नो चुक्ता पूँजीको १२ प्रतिशत लाभांश वितरण गर्ने योजना बनाएको छ। यसमध्ये १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहनेछ।
पुस १ गते आयोजित सञ्चालक समितिको बैठकमा उक्त लाभांश वितरणको निर्णय गरिएको हो।
लाभांश प्रस्तावलाई अनुमोदन गर्न कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ। कम्पनीले पुस १६ गते बुकक्लोज गर्ने भएको छ, जसका आधारमा पुस १४ गतेसम्म कारोबार भएका सेयरधनीहरूले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।




.gif)





