images

२०८३ आश्विन २१ गते

images
images
images

जुनार किसान दुब्लाउँदै, बिचौलिया मोटाउँदै

जुनार किसान दुब्लाउँदै, बिचौलिया मोटाउँदै

images
images
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • सिन्धुलीमाढी । जुनारको राजधानीको रूपमा चिनिएको सिन्धुली जिल्लामा यो वर्ष उपभोक्ताहरू महँगो मूल्य तिरेर जुनार उपभोग गर्न बाध्य छन् । 

    images
    images

    किसानले सस्तो मूल्यमा बिक्री गरेको जुनार बिचौलियाका कारण उपभोक्ताहरू दोब्बर मूल्यसम्म तिरेर उपभोग गर्न बाध्य भएका हुन् । सिन्धुलीमा उत्पादन हुने जुनार ग्राहकले बढी मात्रामा कोसेली रूपमा आफन्तलाई पठाउने गरेको उपभोक्ताहरू बताउँछन् । उपभोक्ताहरूका अनुसार अहिले बजारमा जुनारको मूल्य प्रतिकेजी ८० देखि एक सय रुपैयाँसम्म रहेको छ । बिचका व्यापारी(बिचौलिया)ले भने सिधै बगैँचाबाट किसानसँग प्रतिकेजी ५० देखि ५५ रुपैयाँसम्म हालेर खरिद गरी बढी मूल्यमा उपभोक्तालाई जुनार बिक्री गर्ने गरेका छन् ।

    यतिखेर जुनारको मुख्य सिजन भएकोले जुनारका बगैँचाहरु पँहेलपुरमय बनेको छ । यो वर्ष जुनारको सिजनमा समेत भाउ आकासिएको जिल्ला सदरमुकाम मल्लागाँउ निवासी उपभोक्ता कृष्ण रायमाझी बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘दुःख गरेर जुनार फलाउने किसानले प्रतिदाना ५÷६ रुपैयाँसम्म पाउँछन् ! बिचौलियासँग हामीले खरिद गर्दा प्रतिदाना १० रुपैयाँभन्दा बढी पर्न जान्छ ।’

    images
    images

    यस्तो काला बजारी गरी उपभोक्तालाई ठग्नेलाई कडा कारबाही हुनु पर्ने सदरमुकामकै उपभोक्ता सुवास कार्कीको माग छ । ‘कि त हामीले तीरेको मूल्य किसानले पाएको भए उसले दुःख गरेको थियो, मूल्य लियो भनेर चित्त बुझाउने ठाउँ हुन्थ्यो,’ उहाँ भन्नुहुन्छ, ‘हैन भने बिचका व्यापारीलाई त्यत्रो नाफा खान किन दिनु ? आफ्नै जिल्लामा उत्पादन भएको जुनार तराईबाट आएका व्यापारीसँग खरिद गरेर खानु पर्ने ?’

    व्यापारीले सिधै किसानसँग सम्पर्क गरी जुनार खरिद गर्नाले बिक्रीका लागि किसानलाई सुविधा पुगे पनि आफूहरूलाई मर्का परेको उपभोक्ताहरूको गुनासो छ । जुनार स्वादिलो र रसिलो भएकाले स्थानीय बासिन्दाले महँगो मूल्य तिरेर भए पनि बाहिरी जिल्लामा बसेका आफन्तलाई कोसेली स्वरूप पठाउने गरेका छन् । सिजनको फल भएकोले मूल्य मँहगीए पनि अहिले जुनारको निर्यात बढेको छ ।

    बिपी राजमार्ग हुँदै दिनहुँ सिन्धुलीबाट बाहिरिने गाडीका छत जुनारले भरिने गरेको व्यावसायीहरु बताउँछन् । गोलान्जोर गाउँपालिका–४ तीनकन्या निवासी जुनार किसान विष्णुकुमारी ठकुरी व्यापारीहरूले बगैँचाबाटै प्रतिकेजी ५५ रुपियाँमा जुनार खरिद गरी लाने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘हामीलाई जुनार बिक्री गरी त्यति फाइदा छैन । दुःख गर्ने हामी, फाइदा खाने अर्कै(बिचौलिया) छ । सिजनमा नै जुनार बिक्री नगर्दा अर्को वर्ष नफल्ने हुनाले व्यापारीकै मुखको भाउमा जुनार बिक्री गरी रहेका छौ ।’

    जिल्लामा जुनार उत्पादन हुने अधिकांश क्षेत्रमा सडक सुविधा पुगेकोले उत्पादन भएको जुनार तराईबाट आएका व्यापारीले बगैँचाबाटै खरिद गरेर लाने गरेको किसान बताउँछन् ।उहाँका अनुसार जिल्लामा रहेका स्थानीय तहका ७९ वटा वडामध्ये ८ वटा वडामा व्यावसायिक रूपमा जुनार खेती हुँदै आएको छ । रतनचुरा, तीनकन्या, जलकन्या, बितिजोर, बाशेश्वर, मझुवा र दुम्जा लगायतका ठाउँ जुनार खेतीका लागि पकेट क्षेत्र रूपमा रहेका छन् ।

    सुपर जोनका अनुसार गएको सिजनमा जिल्लामा करिब १० हजार पाँच सय मेट्रिक टन जुनार जिल्लामा उत्पादन भएको थियो । जिल्लामा एक हजार ५० हेक्टर जमिनमा जुनार खेती हुँदै आएको छ । त्यो मध्ये ७५० हेक्टरमा गरिएको जुनार खेतीले उत्पादन दिने गरेको छ । स्थानीय तहका ७९ वटा वडामध्ये आठ वटा वडामा व्यावसायिक रूपमा जुनार खेती हुँदै आएको छ । रतनचुरा, तीनकन्या, जलकन्या, बितिजोर, बाशेश्वर, मझुवा, तोश्रामखोला, दुम्जा लगायतका ठाउँ जुनार खेतीका लागि पकेट क्षेत्र रूपमा रहेको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend