images

२०८३ कार्तिक १ गते

images
images
images

एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुन खातामा कति ?

एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुन खातामा कति ?

images
images
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ।

    images
    images

    बैंकले मंसिर महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ६.७९ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.७९ प्रतिशत ब्याजदर तोकेको थियो।

    पुस महिनाका लागि भने बैंकले ब्याजदर घटाएको छ। बैंकले पुसमा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ६.६० प्रतिशत र संस्थागत तर्फ अधिकतम ५.६० प्रतिशत ब्याजदर तोकेको छ।

    images
    images

    बैंकले पुस महिनामा व्यक्तिगत निक्षेपमा ३ महिना अवधिका लागि ३.५० प्रतिशत, ३ देखि १२ महिनाभन्दा कम अवधिका लागि ४ प्रतिशत, १२ महिनादेखि २ वर्ष अवधिका लागि ४.६५ प्रतिशत २ वर्षदेखि ५ वर्षभन्दा कम अवधिका लागि ४.७५ प्रतिशत र ५ वर्षदेखि माथिको अवधिका लागि ६.६० प्रतिशत ब्याजदर तोेकेको छ। संस्थागतमा ६ महिनादेखि २ वर्ष अवधिको लागि ३ प्रतिशत, २ वर्षदेखि माथि ५ वर्षभन्दा कम अवधिको लागि ३.५० र ५ वर्षदेखि माथिको अवधिका लागि ५.६० प्रतिशत ब्याजदर तोकेको छ। अन्य साधारण बचत खातामा भने मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिइएको बैंकले जनाएको छ। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend