images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • डिजिटल सेफ्टी जागरुकताका लागि टिकटकले गर्‍यो...

डिजिटल सेफ्टी जागरुकताका लागि टिकटकले गर्‍यो सेफ्टी एम्बेसडरहरूसँग कार्यक्रम

डिजिटल सेफ्टी जागरुकताका लागि टिकटकले गर्‍यो सेफ्टी एम्बेसडरहरूसँग कार्यक्रम

images
images
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • काठमाडौं । कन्टेन्ट क्रिएटरहरूसँग सेफ्टी एम्बेसडर कार्यक्रम अन्तर्गत नेपालमा डिजिटल सुरक्षाबारेमा चेतना जगाउन टिकटकले कार्यक्रमको आयोजना गरेको छ।

    images
    images

    शनिबार काठमाडौंमा एक कार्यक्रम गर्दै टिकटकले सेफर टुगेदर अभियान सञ्चालन अन्तर्गत आफ्ना प्रयोगकर्ता र प्लेटफर्म दुवैको सुरक्षामा जोड दिएर के गर्न सकिन्छ र के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित सामूहिक छलफल आयोजना गरेको छ।

    कार्यक्रममा ओशिन सिटौला, पराक्रम राणा, मङ्गिता मानन्धर (माई डार्लिंग फुड), सुशान्त प्रधान, राष्ट्र विमोचन तिमल्सेना र श्री पाण्डेलगायत कन्टेन्ट क्रिएटर सहितको सामूहिक छलफल भएको थियो।वक्ताहरूले इन्टरनेटको जिम्मेवार प्रयोग र सुरक्षित सामग्री निर्माणको वकालत गर्दै गलत सूचना, उत्पीडन, साइबर बुलिङ, अनलाइन ठगीहरू लगायतका डिजिटत सुरक्षाका विभिन्न पक्षहरूबारे छलफल गरेका थिए। 

    images
    images

    अर्कातर्फ कसरी आकर्षक कन्टेन्ट सिर्जना गरेर राम्रो कन्टेन्ट क्रिएटर बन्न सकिन्छ भन्नेबारे कार्यक्रमका अतिथिहरूलाई सुझाव र दिशानिर्देशहरू पनि दिइएको थियो।टिकटक प्लेटफर्ममा 'सेफ्टी सेन्टर' मा सुरक्षा अपडेटहरूका लागि केन्द्रीकृत स्थान प्रदान गरिएको र जसले प्लेटफर्ममा सुरक्षा दिन सबै कार्यहरू सम्बन्धी जानकारीहरू प्रदान गरिने जनाइएको छ।

    सुरक्षा केन्द्रले नयाँ प्रयोगकर्ता सुरक्षा गाइड, अभिभावकहरूका लागि गाइड, सुरक्षा सुनिश्चित गर्न के गर्ने भन्ने बारेका स्रोतहरू र पूर्ण गोपनीयता गाइड सहित टिकटकका सुरक्षा सुविधा र उपायहरूबारे सबै टुल्स र सुझावहरू पनि समावेश गरिएको बताइएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend