images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • एकै वर्षमा तीन करोड बढीको कृषि...

एकै वर्षमा तीन करोड बढीको कृषि उपज बिक्री

एकै वर्षमा तीन करोड बढीको कृषि उपज बिक्री

images
images
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा सञ्चालित हरियाली कृषि फार्मले एक वर्षको अवधिमा तीन करोडभन्दा बढी रुपैयाँ मूल्यको कृषि उपज बिक्री गरेको छ।  

    images
    images

    गत आर्थिक वर्ष २०८०÷८१ मा तीन करोड १६ लाख ६३ हजार चार सय ७८ रुपैयाँ मूल्य बराबरको अण्डा, सागसब्जी, माछा, फूल, मल आदि कृषिजन्य वस्तु बिक्री गरेको उक्त कम्पनीले जनाएको छ।  

    कम्पनीले प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा तातोपानीमा स्नान र भ्रमणमा आउने पाहुनाका लागि सिङ्गामा रेष्टुरेष्ट र होटल पनि सञ्चालन गरेको कम्पनीका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए।  

    images
    images

    उनका अनुसार गत वर्षको तुलनामा तरकारी तथा फलफूल, लेयर्स कुखुरा, लोकल कुखुरा, मल बिक्री र रेष्टुरेण्टतर्फको आम्दानी बढेको छ। १२ करोड लगानी भएको हरियाली म्याग्दीको सबैभन्दा ठूलो कृषि फार्म हो। ६४ जना शेयर सदस्यको चार करोड ८३ लाख रुपैयाँ शेयर पुँजी रहेको कम्पनीमा राष्ट्रिय वाणिज्य बैंकले पाँच करोड रुपैयाँ सहुलियतपूर्ण ब्याज अनुदानको ऋण लगानी गरेको छ।  

    सिङ्गामा १७ परिवार किसानको ८५ रोपनी, आङेबगरमा १९ परिवारको ८५ रोपनी र भकिम्लीमा १० दशमलव पाँच रोपनी जग्गाधनीसँग भाडा सम्झौता गरेर कृषि फार्म सञ्चालन गरिएको छ। रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend