images

२०८३ कार्तिक १ गते

images
images
images
  • बैंक वित्त
  • खुम्चिँदै वाणिज्य बैंकहरुको लाभांश दर,एनआइएमबीका लगानीकर्ताको...

खुम्चिँदै वाणिज्य बैंकहरुको लाभांश दर,एनआइएमबीका लगानीकर्ताको सधैँ हात खाली

खुम्चिँदै वाणिज्य बैंकहरुको लाभांश दर,एनआइएमबीका लगानीकर्ताको सधैँ हात खाली

images
images
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • काठमाडौं । वाणिज्य बैंकहरुको लाभांश दर निरन्तर खुम्चिँदै गएको छ । पछिल्लो पाँच वर्षको तथ्यांक केलाउने हो भने सबैजसो वाणिज्य बैंकहरुको लाभांश दर घट्दो क्रममा छ ।

    images
    images

    एक दर्जन वाणिज्य बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन् । जसमा दुई वटा वाणिज्य बैंकले नदिने भनेका छन् भने १० बैंकले लाभांश दिने भएका हुन् ।

    लाभांश घोषणा गरेका बैंकहरुमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंक बाहेक अन्य सबै बैंकको लाभांश दर घटेको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा ११.८४ प्रतिशत लाभांश दिएको यस बैंकले आव २०८०/८१ मा त्यसको दोब्बर भन्दा बढी लाभांश दिने घोषणा गरेको छ । यस आवमा बैंकले २५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको यो लाभांश साधारण सभाबाट समेत पारित भइसकेको छ ।

    images
    images

    हालसम्म घोषणा गरेका अन्य बैंकहरुको लाभांश दर निरन्तर घट्दो छ । नबिल बैंकको पछिल्लो पाँच वर्षको लाभांश दर हेर्ने हो भने तीन तिहाइले घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा यस बैंकले ३५.२६ प्रतिशत लाभांश दिएको थियो । आव २०७७/७८ मा ३८ प्रतिशत लाभांश दिएको नबिल बैंकको त्यस यता भने निरन्तर लाभांश दर घटिरहेको छ । आव २०७८/७९ मा ३० प्रतिशत लाभांश दिएको नबिल बैंकले २०७९/८० मा ११ प्रतिशत र २०८०/८१ मा १० प्रतिशत मात्रै लाभांश दिएको छ ।

    अन्य पाँच वाणिज्य बैंकहरुको लाभांश दर घटेपनि  लगानीकर्ताहरूको हात खाली भने पारेका छैन । आर्थिक वर्ष २०७६/७७ र आव २०७७/७८ मा सिद्धार्थ बैंकले क्रमशः १५/१५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयताका तीन आव २०७८/७९, २०७९/८० र २०८०/८१ मा क्रमशः १३.१६ प्रतिशत, ४.२१ प्रतिशत र ४ प्रतिशत लाभांश दिएको छ ।पछिल्लो पाँच आर्थिक वर्षमा नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक र सानिमा बैंकले लगानीकर्ताको हात खाली नराखेका हुन् । तर, यी बैंकहरुको लाभांश दर भने निरन्तर खुम्चिँदाे छ ।

    एनआइएमबीका लगानीकर्ताको सधैँ हात खाली, अन्यको क्षमता कति ?  

    पछिल्लो पाँच वर्षमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का लगानीकर्ताहरूले लाभांश हात पार्न सकेका छैनन् । यस बैंकले लगानीकर्ताहरूको सधैँ हात खाली पार्दै आएको छ ।आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ को अवधिमा कुनै आवमा पनि यस बैंकले लाभांश दिएको छैन । २०८०/८१ मा लाभांश दिन या नदिने भन्नेबारे यस बैंकले हालसम्म घोषणा गरेको छैन । तर, यस आवको वित्तीय विवरण हेर्दा यस बैंकको लाभांश क्षमता ऋणात्मक छ । जसले गर्दा यस बैंकका लगानीकर्ताले लाभांश नपाउने देखिन्छ ।

    अन्य तीन बैंकहरुको पनि लाभांश क्षमता छैन । हिमालयन बैंक, एनआइसी एशिया बैंक र कुमारी बैंकको वितरणयोग्य क्षमता नकारात्मक छ । जसले गर्दा यी बैंकहरुले लाभांश वितरण गर्न पाउँदैनन् ।

    कृषि विकास बैंकको लाभांश क्षमता १७.३७ प्रतिशत छ । आर्थिक वर्ष २०७९/८० मा भने यस बैंकले लाभांश वितरण गरेको थिएन । जबकी त्यसबेला यस बैंकको लाभांश क्षमता ९.२४ प्रतिशत रहेको थियो ।त्यस्तै, नेपाल बैंकको लाभांश क्षमता ५.२४ प्रतिशत रहेको छ । गत वर्ष पनि यस बैंकले लाभांश वितरण गरेको थिएन । गत वर्ष पनि लाभांश वितरण नगरेको प्रभु बैंकको लाभांश क्षमता ५.२ प्रतिशत रहेको छ ।

    गत वर्ष पनि एक दर्जन बैंकहरुले मात्रै लाभांश वितरण गरेका थिए । गत वर्ष लाभांश नदिएको प्राइम कमर्सियल बैंकले यस वर्ष भने ५ प्रतिशत लाभांश दिने भएको छ । गत वर्ष लाभांश दिएको माछापुच्छ्रे बैंकले यस वर्ष नदिने भएका छन् । एनएमबी बैंकले गत वर्ष पनि लाभांश दिएको थिएन भने यस वर्ष पनि नदिने घोषणा गरेको छ ।नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, प्रभु बैंक, हिमालयन बैंक र कुमारी बैंकले गत वर्ष पनि लाभांश दिएका थिएनन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend