images

२०८३ आश्विन १६ गते

images
images
images
  • बजार
  • आजदेखि अण्डाको मूल्य बढ्यो,अब प्रति गोटा...

आजदेखि अण्डाको मूल्य बढ्यो,अब प्रति गोटा कति पर्छ ?

आजदेखि अण्डाको मूल्य बढ्यो,अब प्रति गोटा कति पर्छ ?

images
images
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • काठमाण्डौ ।  नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि अण्डाको मूल्य बढाएको छ । सङ्घको भर्चुअल माध्यमबाट बसेको बैठकले चितवनलाई आधार मानेर आजदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो ।

    images
    images

    आजदेखि मध्यम अण्डाको मूल्य चार सय ७० रुपैयाँ प्रतिक्रेट तोकिएको छ । यस्तै ठूलो अण्डाको मूल्य प्रतिक्रेट चार सय ८५ रुपैयाँ पुगेको हो ।

    यसअघि मङ्सिर २२ गते सङ्घले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ५५ रुपैयाँ र ठूलो अण्डाको मूल्य प्रतिक्रेट चार सय ७० रुपैयाँ तोकेको थियो ।

    images
    images

    सङ्घले चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी एक सय ४० रुपैयाँ थप लाग्ने जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend