images

२०८३ कार्तिक १ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकको तथ्यांकअनुसार चालु खाता १...

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु खाता १ खर्ब ४३ अर्बले बचतमा

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु खाता १ खर्ब ४३ अर्बले बचतमा

images
images
बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनामा चालु खाता १ खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९७ अर्ब १० करोडले बचतमा रहेको थियो ।

    images
    images

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७३ करोड ६ लाखले बचतमा रहेको चालु खाता यो कार्तिक मसान्तसम्मको अवधिमा १ अर्ब ६ करोडले बचतमा रहेको छ ।  

    समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब ४७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब ५९ करोड रहेको थियो ।  यसैगरी, समीक्षा अवधिमा ५ अर्ब ७६ करोड प्रत्यक्ष वैदेशिक (ईक्विटी मात्र)  लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ३ अर्ब ६५ करोड रहेको थियो ।

    images
    images

    साउन–कार्तिकको अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ५० अर्ब २४ करोडले शोधनान्तर स्थिति बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend