images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • भूमिगत सिँचाइ प्रणालीले सहज बन्दै कृषि...

भूमिगत सिँचाइ प्रणालीले सहज बन्दै कृषि पेसा

भूमिगत सिँचाइ प्रणालीले सहज बन्दै कृषि पेसा

images
images
बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • जनकपुरधाम, २७ मङ्सिर । किसानको खेतमा सिँचाइ सुविधा पुर्‍याउनका लागि भूमिगत सिँचाइ प्रणाली अत्यन्त महत्वपूर्ण एवं प्रभावकारी हुँदै गएको छ । मधेश प्रदेश सरकारले धनुषा र महोत्तरी जिल्लामा भूमिगत सिँचाइ प्रणालीको माध्यमबाट सिँचाइ सुविधा पुर्‍याउन थालेपछि कृषि पेसा सहज बन्दै गएको हो ।

    images
    images

    आकाशे पानीको भरमा, नहर तथा नदीनालाबाट सिँचाइको व्यवस्था गर्नुपर्नेमा यो प्रविधि किसानका लागि बरदान सावित भएको बर्दिवास–२ का किसान श्याम महतोले बताए ।यो प्रविधिबाट खेतीका लागि सिँचाइका साथै खानपिनका तथा दैनिक जीवनमासमेत प्रयोग भइरहेको उनले उल्लेख गरे । कृषि पेसामा अबद्धलाई अहिले भूमिगत सिँचाइबाट खेती गर्न सहज भएको उनले बताए ।

    जलस्रोत तथा भूमिगत सिँचाइ विकास डिभिजन कार्यालय महोत्तरीद्वारा धनुषा र महोत्तरीका ग्रामीण क्षेत्रमा जडान गरिएको डिप ट्युबेल र ‘पावरड्रिल’बाट सिँचाइ सुविधा पु¥याइरहेको जनाइएको छ ।एउटा डिप ट्युबेलबाट ४० बिघा खेत सिँञ्चित हुने गरेको कार्यालयका इञ्जिनीयर अमलेश यादवले जानकारी दिए । उनका अनुसार दुवै जिल्लामा गरी हालसम्म ३५ वटा डिपट्युबेल जडान भएर एक हजार चार सय बिघा कृषियोग्य जमिन सिँञ्चित भइरहेको छ ।

    images
    images

    एउटा डिपट्युबेलको संरचना निमार्णदेखि सञ्चालन गर्दाको अवस्थासम्म एक करोड भन्दा बढी खर्च हुने गरेको यादवले बताए । गत आर्थिक वर्षमा पाँचवटा डिपट्युबेलको निर्माण प्रक्रिया सुरु भएको थियो । एउटा निमार्णमा ३० लाखसम्म खर्च भएको भन्दै चालु आवमा थप खर्च गरेर निर्माण सम्पन्न गरिने कार्यालयले जनाएको छ । अहिले पाँचवटाको निर्माणमा एक करोड ५० लाख खर्च भइसकेको छ ।

    हालसम्म ५० वटा पावरड्रिल निमार्ण भई सञ्चालनमा रहेका कार्यालयका इञ्जिनीयर यादवले जानकारी दिए । एउटा पावरड्रिलबाट नौ बिघा जमिनमा सिँञ्चाइ हुने गरेको छ । एउटा पावरड्रिल निर्माणदेखि सञ्चालनसम्ममा १६ लाख लाग्ने गरेको उनको भनाइ छ । कार्यालयबाट प्राप्त विवरण अनुसार गत आर्थिक वर्षदेखि हालसम्म ८१ पावरड्रिल निर्माण प्रक्रियामा छन् ।

    दुवै जिल्लामा डिपट्युबेल तथा पावरड्रिलबाट एक हजार आठ सय ५० बिघामा सिँचाइ भइरहेको कार्यालय प्रमुख नयन पोखरेलले जानकारी दिए । डिपट्युबेल निमार्ण उपभोक्ता समितिबाट भइरहेको छ ।मधेश प्रदेश सरकारअन्तर्गत रहेको सो कार्यालयका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन कम भएकाले काममा समस्या हुँदै आएको कर्मचारीले बताएका छन् ।भूमिगत सिँचाइका लागि २०४१ सालमा स्थापना भएको कार्यालयबाट निर्माण भएको एक दर्जन डिपट्युबेलको ट्रान्सफर्मर चोरी भएको इञ्जिनीयर यादवले बताए । सम्बन्धित प्रहरी कार्यालयमा पटक–पटक लिखित तथा मौखिक रूपमा जानकारी गराइए हालसम्म कसैलाई कुनै कारबाही नभएको उनले गुनासो गरे । ट्रन्सफर्मरमा तामाको क्वायल रहने हुँदा चोरी हुनसक्ने उनले उल्लेख गरे ।रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend