images

२०८३ कार्तिक १ गते

images
images
images

ग्लोबल आइएमईका सीईओको तलब भत्ता करिब सवा २ करोड

ग्लोबल आइएमईका सीईओको तलब भत्ता करिब सवा २ करोड

images
images
बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८०/०८१ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई २ करोड २१ लाख ६५ हजार ८४८ रुपैयाँ तलब भत्ता दिएको छ ।

    images
    images

    बैंकले गत आवमा सीईओलाई तलब बापत ७५ लाख ९६ हजार, भत्ता बापत ५० लाख ४० हजार, सञ्चय कोष बापत ७ लाख ५९ हजार ६०० रुपैयाँ, बिदा बापत भुक्तानी १२ लाख ८ हजार ७८६ रुपैयाँ र दशैं भत्ता बापत १० लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

    यस्तै बोनस बापत ६५ लाख ८ हजार ४६१ रुपैयाँ, टेलिफोन र मोबाइल बापत ५८ हजार ९९८ रुपैयाँ भुक्तानी गरेको छ । सीईओले लिएको तलब, भत्ता बापत राज्यलाई ३९ प्रतिशत कर तिर्ने गरेका छन् ।

    images
    images

    बैंकले गत आवमा सञ्चालक समितिलाई बैठक भत्ता बापत १९ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । बैंकले अध्यक्षलाई बैठक भत्ता बापत प्रति बैठक २५ हजार तथा सञ्चालक सदस्यहरुलाई प्रति बैठक भत्ता २२ हजार रुपैयाँ भुक्तानी गर्ने गरेको छ ।बैंकले सञ्चालकहरुलाई पत्रपत्रिका तथा यातायात सुविधा वापत मासिक २५ हजार दिने गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend