images

२०८३ कार्तिक १ गते

images
images
images
  • बैंक वित्त
  • कुमारी बैंकको एटिएममा अब युनियनपे कार्ड...

कुमारी बैंकको एटिएममा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने

कुमारी बैंकको एटिएममा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने

images
images
बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो एटिएम तथा पिओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा युपिआई (युनियनपे इन्टरनेसनल)का कार्डहरू स्वीकार गर्ने भएको छ।

    images
    images

    डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकहरूलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ यो सुविधा नेपाल भर कुमारी बैंकका सम्पूर्ण एटिएम तथा पिओएस टर्मिनलहरूमा उपलब्ध हुनेछ।

    यो सुविधाबाट अब युपिआई कार्ड प्रयोगकर्ताहरूले कुमारी बैंकको एटिएम मार्फत रकम झिक्न र पीओएस टर्मिनल मार्फत खरिद भुक्तानी गर्न सहज हुने साथै यसले व्यापारिहरुलाई पनि लाभ हुने विश्वास बैंकले लिएको छ।बैंकले आफ्नो सेवाको दायरालाई व्यापक बनाउँदै, डिजिटल नेपालको अभियानमा थप योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

    images
    images

    बैंकले अनवरत रूपमा वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाईहरू मार्फत ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend