images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • आगामी माघमा धरानमा १४ दिने...

आगामी माघमा धरानमा १४ दिने ‘बिजनेस एक्स्पो’हुने, ३ सय ५० स्टल राखिने

आगामी माघमा धरानमा १४ दिने ‘बिजनेस एक्स्पो’हुने, ३ सय ५० स्टल राखिने

images
images
मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • काठमाडौं । धरानमा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी माघमा १४ दिने ‘बिजनेस एक्स्पो’ हुने भएको छ ।

    images
    images

    नेपाल उद्योग व्यवसायी महासङ्घ धरान उपमहानगर समितिले स्थानीय रङ्गशालामा माघ २६ देखि फागुन १० गतेसम्म एक्स्पो आयोजना गर्ने महासङ्घका अध्यक्ष शिवराज श्रेष्ठले बताए ।

    एक्स्पोमा साना घरेलु, मझौला तथा ठूला उद्योगका उत्पादन, स्थानीय कृषि उपज, तयारी पोसाक, रत्न तथा आभूषण, जुत्ता चप्पल, साजसज्जाका सामग्री, खाना महोत्सव, पुष्प व्यापार, कृषि औजार, विद्युतीय उपकरण, औद्योगिक प्रदर्शनी समावेश गरिनुका साथै ती सामग्रीको खरिद बिक्री हुनेछ ।

    images
    images

    साथै प्याराग्लाइडिङ, र्‍याफ्टिङ, साइक्लिङ, साहसिक तथा रोमाञ्चक खेल पनि प्रस्तुत गरिनेछ ।एक्स्पोमा ३ सय ५० प्रदर्शनी कक्ष राखिने छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend