images

२०८३ आश्विन २१ गते

images
images
images

परम्परागत तिल्की धान बिक्रीबाट मनग्य आम्दानी

परम्परागत तिल्की धान बिक्रीबाट मनग्य आम्दानी

images
images
मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • दाङ । दाङका मुक्त कमलरीले कृषि सहकारीका माध्यमबाट आम्दानी गर्दैछन् । तुलसीपुर उपमहानगरपालिका–१८  बिजौरीमा रहेको श्री गन्यारी कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध मुक्त कमलरीले समूहिक खेती गरेर आम्दानी गर्न थालेका हुन् ।  

    images
    images

    तुलसीपुर–१६ का सीता चौधरी सो सहकारीको कोषाध्यक्ष छन् । उनी पूर्वकमलरी हुन् । उनले कमलरी मुक्त भएपछि सहकारीमा आबद्ध भएर काम गर्दै आएकी छन् । सहकारीले प्रतिकट्ठा र तीन हजार वार्षिक भाडा दिने सर्तमा ३५ कट्ठा जमिन लिएको छ । सोही जमिनमा गत वर्षदेखि सहकारीले तिल्की धानखेती गर्न थालेको उनले बताइन् । 

    “सामूहिक रुपमा धानखेती गर्दा समयमा रोपाइँ हुन्छ, काट्न, दाउन पनि सबै सदस्य मिलेर गर्छौं”, उनले भनिन् । गत वर्ष फलेको ५५ क्विन्टल धानमध्ये ५० क्विन्टल बिक्री गरेर गत वर्ष रु चार लाख आम्दानी भएको उनले बताइन् । “अब गत वर्षको पाँच क्विन्टल धान मात्रै बाँकी रहेको छ, त्यो पनि माग आएको छ कुटाएर बिक्री गर्ने तयारीमा छौँ”, उनले भनिन्, “गत वर्ष धेरै जसो धान बिक्री भयो बाँकी चामल बनाएर बिक्री गरेका थियौँ ।” 

    images
    images

    सोही सहकारीका अध्यक्ष लक्ष्मी चौधरीले पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्रले ४० किलो धानको बीउ निःशुल्क दिएको बताइन् । “सोही धानको बीउ ३५ कट्ठा खेतमा रोपेको ६० क्विन्टल फल्यो”, उनले भनिन्, “अन्य सामान्य धानभन्दा यो धान महङ्गोमा बिक्री हुने गरेको छ, अरू धान रु तीन हजार चार सयमा बिक्री हुन्छ ।” तिल्की धान रु आठ हजार प्रतिक्विन्टलमा बिक्री भइरहेको उनले बताइन् । 

    बाह्र क्विन्टल धान बिक्री गरेर रु ९६ हजार आम्दानी भइसकेको उनले बताइन् । चामल रु १५ हजार प्रतिक्विन्टलमा बिक्री भएको बताउँदै उनले भनिन्, “संस्थामा रहेका पदाधिकारीले गत वर्ष परम्परागत तिल्की धानखेती गरेका थियौँ, राम्रो आम्दानी भएपछि यस वर्ष पनि निरन्तरता दिएका हौँ ।” गत वर्षभन्दा यस वर्ष उत्पादन बढेकाले आम्दानी पनि बढ्ने उनको भनाइ छ । चार सय ७० जना सदस्य रहेको सो सहकारीका सबै सदस्यले सामूहिक खेती गर्ने र बिक्री गरेको पैसा सहकारीमा जम्मा गर्ने गरेको अध्यक्ष चौधरीले बताइन् । 

    विसं २०७० असार १३ गते नेपाल सरकारले कमलरीलाई मुक्त घोषणा गरेको थियो । मुक्त भएपछि कमलरी सङ्गठित हुनुपर्छ भन्ने उद्देश्य लिएर मुक्त कमलरी विकास मञ्च नामको साझा संस्था स्थापना गरिएको थियो । मुक्त कमलरीले आर्थिक समाजिकरुपमा सशक्त हुनुपर्छ भन्ने मान्यताका साथ ४२ सहकारी र एक समूहमार्फत आयआर्जनका विभिन्न काम गरिरहेका छन् । सहकारीमा १४ हजार सात सय २१ सदस्य रहेका छन् । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend