images

२०८३ कार्तिक १ गते

images
images
images

वाणिज्य बैंकले बढाए मुनाफा, नबिल र ग्लोबल प्रतिस्पर्धामा हुँदा कुन बैंकको कति ?

वाणिज्य बैंकले बढाए मुनाफा, नबिल र ग्लोबल प्रतिस्पर्धामा हुँदा कुन बैंकको कति ?

images
images
मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्ष चार महिनामा पोहोरको सोही अवधिको तुलनामा अधिकांश वाणिज्य बैंकले मुनाफा बढाएका छन्।

    images
    images

    आर्थिक गतिविधि बढ्न नसकेर व्यवसाय विस्तार गर्न नसकेका बेला रिकभरीमा भएको सुधारका कारण बैंकहरूको मुनाफा बढेको हो। २० वटा बैंकले चार महिनामा २२ अर्ब २९ करोड रुपैयाँ मुनाफा कमाएका छन्। यो मुनाफा रकम पोहोर पहिलो चार महिनाको चुलनामा ७.५६ प्रतिशत बढी हो।

    कुन बैंकको नाफा कति ?  

    images
    images

    चार महिनाको अवधिमा १३ बैंकले नाफा बढाउँदा ६ वटाको भने खुम्चिएको छ। कृषि विकास बैंक भने नोक्सानीमा छ।सानिमा, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, सिटिजन्स, एनआइसी एशिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा खुम्चिएको हो।

    यो अवधिमा सर्वाधिक नाफा आर्जन गर्ने बैंकमा नबिल बैक रहेको छ । यसअवधिमा बैकले २ अर्ब ६९ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । जुन असोजसम्मको तुलनामा भने ३०.८५ प्रतिशत बढी हो । कात्तिकमा मात्रै नबिलले ६३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबलले चार महिनामा २ अर्ब ११ करोड ४० लाख रुपैयाँ कमाएको छ ।

    त्यस्तै, यसअवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ११ करोड ४० लाख रुपैयाँ, प्राइम बैंकले १ अर्ब ६२ करोड ६४ करोड, कुमारी बैंकले १ अर्ब ५९ करोड ४ लाख, एभरेष्ट बैंकले १ अर्ब ५० करोड ९३ लाख, एनएमबि बैंकले १ अर्ब ४८ करोड ३२ लाख, प्रभू बैंकले १ अर्ब २३ करोड १० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब १३ करोड ७३ लाख, लक्ष्मी सनराइज बैंकले १ अर्ब ६ करोड ९४ लाख र नेपाल एसबिआई बैंकले १ अर्ब ७१ लाख रुपैयाँ नाफा कमाएका छन् ।

    यता, नेपाल बैंकले ९३ करोड ८८ लाख, हिमालयन बैंकले ९१ करोड ८८ लाख, माछापुच्छ्रे बैंकले ६८ करोड ९७ लाख, सिद्धार्थ बैंकले ६६ करोड ७८ लाख, सानिमा बैंकले ६५ करोड १३ लाख, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड २७ लाख, सिटिजन बैंकले ४३ करोड ८६ लाख र एनआइसी एशिया बैंकले ३८ करोड ८१ लाख रुपैयाँ नाफा कमाएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend