images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • कनेक्ट किसानद्वारा आयोजित कृषि प्रदर्शनी सम्पन्न,...

कनेक्ट किसानद्वारा आयोजित कृषि प्रदर्शनी सम्पन्न, १ लाख जनाले गरे अवलोकन

कनेक्ट किसानद्वारा आयोजित कृषि प्रदर्शनी सम्पन्न, १ लाख जनाले गरे अवलोकन

images
images
मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • काठमाडौं । बाराको बरियापुरमा गढीमाई मेलाको अवसरमा कनेक्ट किसानले आयोजना गरेको कृषि प्रदर्शनी हिजो (सोमबार) समापन भएको छ ।

    images
    images

    मंसिर १८ देखि २४ गतेसम्म सञ्चान भएको कृषि प्रदर्शनीमा करिब १ लाख जनाले अवलोकन गर्दा १० करोड रुपैयाँ बराबरको प्रत्यक्ष र बुकिङ कारोबार भएको आयोजक संस्था कनेक्ट किसानकी अध्यक्ष सञ्जिता लामिछानेले जानकारी दिइन् ।

    प्रदर्शनीमा नेपाल सरकारका विभिन्न निकाय र निजी क्षेत्रको सहभागितासहित १०० भन्दा बढी स्टलहरू राखिएका थिए। प्रदर्शनीमा रैथाने बाली, कृषि उपकरण, नर्सरी, माछा, ट्र्याक्टर र अन्य आधुनिक प्रविधिहरू प्रदर्शन गरिएका थिए। सातै प्रदेशका फरक परिकारहरूले प्रदर्शनीलाई थप आकर्षक बनाएको आयोजकले जनाएको छ ।

    images
    images

    उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेको प्रदर्शनीलाई जमहा गढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले समापन गरेका हुन् ।समापन कार्यक्रममा मेयर यादवले गढीमाई मेलामा पहिलो पटक फरक प्रकृतिको प्रदर्शनी आयोजना गर्न सफल भएकोमा कनेक्ट किसानलाई धन्यवाद दिए । उनले प्रदर्शनीले कृषकहरूलाई नयाँ ज्ञान र प्रविधिको अवलोकन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय उत्पादनको प्रचारमा टेवा पुर्‍याएको उल्लेख गरे ।

    कृषि तथा पशु सेवाका विशेषज्ञहरूसँगको प्रत्यक्ष संवाद र रोबोटसँगको अन्तरक्रियाले कृषकहरूलाई विशेष अनुभव प्रदान गरेको आयोजकले जनाएको छ । प्रदर्शनीले कृषिमा आधुनिक प्रविधिको प्रवर्द्धन र स्थानीय उत्पादनको बजार विस्तारमा महत्त्वपूर्ण योगदान दिएको आयोजकको विश्वास छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend