images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • बागलुङमा ७५ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ...

बागलुङमा ७५ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ अभाव

बागलुङमा ७५ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ अभाव

images
images
मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • काठमाडौं । बागलुङ- बागलुङमा खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नहुँदा किसान मर्कामा परेका छन्। वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले पनि खाद्यान्नमा आत्मनिर्भर बन्न सकिरहेका छैनन्।

    images
    images

    पर्याप्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा परनिर्भर हुनुपरेको हो। बर्सेनि जिल्लामा कृषि क्षेत्रका लागि करोडौँका बजेट परे पनि योजना समयमा सम्पन्न नहुँदा किसान मर्कामा परेका हुन्।

    चालु आर्थिक वर्षमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट ८८ आयोजना परेका छन्। गण्डकी प्रदेश र सङ्घीय सरकारअन्तर्गतका उक्त आयोजनाका लागि प्रदेशको रु १४ करोड बजेट परेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सूचना अधिकारी जीवन अधिकारीले जानकारी दिए। उनका अनुसार जिल्लाका १० वटै पालिकाहरूमा योजना परेका छन्।

    images
    images

    अधिकारीले जिल्लामा ४६ हजार एक सय ४८ हेक्टर खेतीयोग्य जमिन रहेकामा ३० हजार नौ सय १९ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको जानकारी दिए। त्यसमध्ये २५ दशमलव ८७ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको उनले उल्लेख गरे। बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार आठ सय ४१ हेक्टर रहेको अधिकारीले जानकारी दिए।

    गलकोट नगरपालिका–११ का कर्णबहादुर काउचाले सिँचाइको सुविधा नहुँदा पछिल्लो समय धेरै खेतीयोग्य जमिन बाँझोमा परिणत हुन थालेका बताए। एक दशक अगाडिसम्म गाउँमा साना खोलाबाट कुलो निर्माण गरेर सिँचाइ गर्ने गरेको स्मरण गर्दै अहिले मुहान सुक्दै गएपछि धेरै जमिनमा खेतीपाती हुन छोडेको उनको भनाइ छ।

    निसीखोला गाउँपालिका–१ का तुलबहादुर खत्रीले सिँचाइ राम्रो नहुँदा धान उत्पादनमा कमी आएको सुनाए। सिँचाइको पर्याप्त सुविधा नभएको र वर्षा पनि समयमै नहुँदा किसानलाई बर्सेनि खाद्यबाली उत्पादनमा समस्या भएको उनको भनाइ छ।

    उनले भने, “यो क्षेत्रमा धेरै ठाउँमा धान फल्ने जग्गा हुँदा पनि सिँचाइको समस्याले उब्जनी भएको छैन। धान रोपेपछि पानी पाउनै मुस्किल हुन्छ, आकाशे पानीको भरमा धान रोप्नुपर्ने अवस्था छ, खेतीयोग्य जमिनमा सिँचाइको राम्रो सुविधा नहुँदा परनिर्भर बन्नुपरिरहेको छ। सरोकार भएका निकायले यो समस्या समाधान गरी किसानलाई राहत दिनुपर्छ।”

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend