images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • विदुरमा प्याजमा आत्मनिर्भर हुन ‘प्याज पकेट’...

विदुरमा प्याजमा आत्मनिर्भर हुन ‘प्याज पकेट’ कार्यक्रम

विदुरमा प्याजमा आत्मनिर्भर हुन ‘प्याज पकेट’ कार्यक्रम

images
images
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  •  काठमाडौँ । नुवाकोटको विदुर नगरपालिकाले प्याजमा आत्मनिर्भर बनाउन ‘प्याज पकेट’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

    images
    images

     विगतका वर्षमा परीक्षणको सुरु गरेको यस कार्यक्रमलाई चालु आर्थिक वर्षदेखि वडा नं ७ मा व्यावसायिक उत्पादन गरी नगरलाई प्याजमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँले पालिकालाई आत्मनिर्भर बनाउँदै किसानको आर्थिक उपार्जन वृद्धिमा समेत सहयोग पुर्‍याउन ‘प्याज पकेट’ कार्यक्रमलाई गौरवको योजनाका रूपमा सञ्चालन गरिएको बताउनुभयो । “प्याज पकेट क्षेत्रका किसानलाई आवश्यक पर्ने उन्नत जातका बिरुवाका लागि नगरपालिकाले अनुदानमा बीउ उपलब्ध गराएको छ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो,“दुईवटा कृषि सहकारीलाई उन्नत जात (रेड क्रियोल)को बीउबाट बिरुवा उत्पादन गरेर पकेट क्षेत्रका किसानलाई सहुलियत शुल्कमा वितरणको प्रबन्ध मिलाएका छौँ ।”

    विगतका परीक्षणका रूपमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी बन्नुका साथै स्थानीय किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउन थालेपछि प्याजको व्यावसायिक उत्पादनलाई जोड दिइएको पालिकाको कृषि शाखाले जनाएको छ । बीउ उपलब्ध गराएका किसानले बिरुवा रोप्न सुरु गरेदेखि उनीहरूलाई बजारिकरणसम्म सहयोग पुर्‍याउन विभिन्न कार्यक्रम समावेश गरिएको छ । कार्यक्रम सफल बनाउन कृषि औजार, सिँचाइ पाइप, प्राविधिक परामर्श दिइने जनाइएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend