images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • सातामा सुन, चाँदीको मूल्य के कति...

सातामा सुन, चाँदीको मूल्य के कति ?

सातामा सुन, चाँदीको मूल्य के कति ?

images
images
शनिवार, मंसिर २२ २०८१
शनिवार, मंसिर २२ २०८१
  • काठमाडौंः यस साता नेपाली बजारमा सुनचाँदीको मूल्यमा के कति कायम रहेको छ । आइतबार देखि शुक्रबार सम्म भएको कारोबारमा समग्रमा सुन प्रतितोला ८ सयले घटेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको छ । 

    images
    images

    साताको पहिलो दिनको तुलनामा कारोबार साताको तेस्रो दिन मंगलबार सुनको मुल्यमा वृद्धि भई  शुक्रवार पुनः ओरालो लागेको थियो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ४ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार १२ सय रुपैयाँले घटेको थियो । 

    images
    images

    यसै गरी मंगलबार १ हजार रुपैयाँ, बुधबार १ सय रुपैयाँ, बिहीबार ३ सय रुपैयाँले बढेको थियो । साताको अन्तिम दिन शुक्रबार भने सुनको मुल्य तोलामा ६ सय रुपैयाँले घटेको थियो ।

    यो साता नेपाली बजारमा चाँदीको मूल्यले भने नयाँ रेकर्ड राख्दै प्रतितोला १ हजार ८ सय ९० रुपैयाँ कायम भएको थियो । । साताको पहिलो दिन आइतबार प्रतितोला १ हजार ८४०  रुपैयाँ रहेको चाँदीको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रवार भने ह्वातै बढेर प्रतितोला १ हजार ८ सय ९० रुपैयाँ  कायम भएको थियो । 

    कुन दिन कति थियो सुनको मूल्यः                   
    आइतबारः १ लाख ५० हजार ५ सय रुपैयाँ
    सोमबारः १ लाख ४९ हजार ३ सय रुपैयाँ
    मंगलबारः  १ लाख ५० हजार ३ सय रुपैयाँ
    बुधबारः  १ लाख ५० हजार ४ सय रुपैयाँ
    बिहीबारः  १ लाख ५० हजार ७ सय रुपैयाँ
    शुक्रबारः १ लाख ५० हजार १ सय रुपैयाँ

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend