काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अब छिट्टै आर्टिफिसिएल इन्टिलिजेन्स् (एआई) नीति ल्याउने बताएका छन् ।
काठमाडौं विश्वविद्यालयको कम्प्युटर क्लबद्वारा शुक्रबार धुलिखेलमा आयोजित ‘आईटी मिट–२०२४’को उद्घाटन गर्दै एक महिनाभित्र एआईको नीति ल्याई आवश्यक कानून बनाउने पक्षमा सरकार क्रियाशील रहेको बताए ।
“एआईको कानून बनाएपछि सूचना प्रविधिमार्फत थप कार्यक्रम ल्याउन सकिन्छ, यसका लागि मन्त्रालयमा गृहकार्य भइरहेको छ”, उनले भने ।
नेपाल आईटीको दशकमा प्रवेश गरेको भए पनि त्यसबाट अहिलेसम्म उल्लेख्य फाइदा लिन नसकेको चर्चा गर्दै उनले विषयविज्ञहरूसँग छलफल तथा अन्तरक्रिया गरी आवश्यक नियम कानुन बनाएर मुलुकलाई ‘आईटी हब’ का रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।




.gif)





