images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • मकर जितुमाया सुरी हाइड्रोपावरले बोलायो ...

मकर जितुमाया सुरी हाइड्रोपावरले बोलायो १६ औं वार्षिक साधारण सभा

मकर जितुमाया सुरी हाइड्रोपावरले बोलायो १६ औं वार्षिक साधारण सभा

images
images
शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौं ।  मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले १६ औं वार्षिक साधारण सभा पुस २१ गते बोलाएको छ।

    images
    images

    कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले धुम्बाराहीस्थित सूर्य इभेन्टमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो । कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। 

    सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गरिनेछ।

    images
    images

    सभा प्रयोजनार्थ कम्पनीले पुस ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend