images

२०८३ कार्तिक ३ गते

images
images
images

विपद्का कारण तीन जिल्लाका राजमार्ग अवरुद्ध

विपद्का कारण तीन जिल्लाका राजमार्ग अवरुद्ध

images
images
अर्थ समाचार
सोमवार, कार्तिक ३ २०८३
अर्थ समाचार
सोमवार, कार्तिक ३ २०८३
  • काठमाडौँ, २ कात्तिक । वर्षा तथा प्राकृतिक विपद्का कारण गण्डकी र कर्णाली प्रदेशका तीन जिल्लामा मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।

    images
    images

    नेपाल प्रहरीका अनुसार म्याग्दी, गोरखा र सुर्खेतका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएका हुन् ।

    म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ । उक्त स्थानमा असोज १ गते बिहान ५ः५० बजेदेखि सडक प्रभावित भएको हो ।

    images
    images

    गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा आरुघाट गाउँपालिका–१ नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ । सो क्षेत्रमा रहेको फलामे पुलमा समस्या आएपछि आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । उक्त सडक आज बिहान ५ः३० बजेदेखि अवरुद्ध छ ।

    यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरो खस्दा कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ । उक्त स्थानमा कात्तिक १ गते बिहान ५ः४५ बजेदेखि सडक प्रभावित भएको हो।

    प्रहरीले अवरुद्ध सडक खुलाउने र यातायात सञ्चालन सहज बनाउने प्रयास भइरहेको जनाएको छ । सडकको अवस्थालाई ध्यानमा राख्दै यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    May be an image of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend