images

२०८३ कार्तिक ३ गते

images
images
images
  • समाचार
  • काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने...

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३११ सवारीसाधनमाथि कारबाही

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३११ सवारीसाधनमाथि कारबाही

images
images
सोमवार, कार्तिक ३ २०८३
सोमवार, कार्तिक ३ २०८३
  • काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको दैनिक ट्राफिक कारबाही विवरणअनुसार विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरिएको छ।

    images
    images

    कार्यालयको विवरणअनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६८ जना, सिटबेल्ट प्रयोग नगर्ने ३५ जना, रेड लाइट उल्लङ्घन गर्ने १४ जना, तीव्र गतिमा सवारी चलाउने ७८ जना र हर्नको अनावश्यक प्रयोग गर्ने ५ जनामाथि कारबाही गरिएको छ।

    त्यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने, अवस्था ठीक नभएको सवारी चलाउने, एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने तथा अन्य ट्राफिक नियम पालना नगर्ने सवारीचालकलाई समेत कारबाही गरिएको विवरणमा उल्लेख छ।

    images
    images

    ट्राफिक प्रहरीका अनुसार सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित र व्यवस्थित यातायात सञ्चालनका लागि ट्राफिक नियमको पालना अनिवार्य छ। सवारीचालकलाई गति सीमाभित्र सवारी चलाउन, ट्राफिक सङ्केत पालना गर्न र मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरिएको छ।

    स्रोतः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय।

    May be an image of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend