images

२०८३ कार्तिक ३ गते

images
images
images
  • समाचार
  • राइनो दौड प्रतियोगिता यही कात्तिक १४...

राइनो दौड प्रतियोगिता यही कात्तिक १४ आयोजना हुँदै

राइनो दौड प्रतियोगिता यही कात्तिक १४ आयोजना हुँदै

images
images
सोमवार, कार्तिक ३ २०८३
सोमवार, कार्तिक ३ २०८३
  • चितवन, २ कात्तिक ।  राइनो क्लब, नारायणगढले यही कात्तिक १४ मा ‘राइनो दौड प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ । पाँच किलोमिटर दूरीको दौड गैँडाकोटस्थित जयश्री पुलबाट सुरु भई नारायणगढको लीलाचोकमा पुगेर समापन हुने प्रतियोगिताका संयोजक महेश प्रधानले बताएका छन् । उनका अनुसार प्रतियोगितामा महिला तथा पुरुष दुवै विधामा प्रतिस्पर्धा हुनेछ । दुवै विधाका विजेतालाई समान पुरस्कार प्रदान गरिने उनको भनाई छ । प्रतियोगितामा प्रथम हुनेले रु. १५ हजार, द्वितीय हुनेले रु. १० हजार र तृतीय हुनेले रु. पाँच हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिने छ । 

    images
    images

    dASAIN.jpg

    त्यसैगरी, निर्धारित ३० मिनेटभित्र पाँच किलोमिटर दौड पूरा गर्ने सबै धावकलाई फिनिसर प्रमाणपत्र प्रदान गरिने प्रधानले बताएका छन् । ५० वर्षभन्दा माथिका भेट्रान धावकलाई समेत विशेष सम्मान गरिने प्रतियोगिताका सह–संयोजक रोहित श्रेष्ठले जानकारी दिएका छन् । प्रतियोगितामा सहभागी हुन १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले नाम दर्ता गर्न सक्ने छन् । दर्ता शुल्क २०० रुपैयाँ तोकिएको छ । 

    images
    images

    प्रतियोगिताका सल्लाहकार राजु श्रेष्ठले राइनो क्लबले विगतमा नारायणगढ तथा आसपासका क्षेत्रमा दौडलगायत विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको बताएका छन् । २०३७ सालदेखि सञ्चालन हुँदै आएको दौड प्रतियोगिताले विभिन्न कारणले निरन्तरता पाउन नसकेपछि यस वर्षदेखि पुनः सञ्चालन गर्न लागिएको उनको भनाइ छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend