images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • नेपाल एसबीआई मर्चेण्ट बैंकिङले बोलायो साधारण...

नेपाल एसबीआई मर्चेण्ट बैंकिङले बोलायो साधारण सभा

नेपाल एसबीआई मर्चेण्ट बैंकिङले बोलायो साधारण सभा

images
images
शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौँ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले पुस १२ गते नवौं वार्षिक साधारण सभा गर्ने भएको छ । मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

    images
    images

    सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

    कम्पनीको नाम परिवर्तन गरी नेपाल एबिआई क्यापिटल लिमिटेड कायम गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपर्ने भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend