images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा गहुँको...

विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण

विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण

images
images
बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • विराटनगर । विराटनगर महानगरपालिकाले किसानका लागि ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरेको छ ।

    images
    images

    बुधबार महानगर परिसरमा आयोजित कार्यक्रममा उन्नत जातको गहुँको बिउ वितरण गरिएको हो । कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेलगायतले बिउ वितरण गरेका थिए ।

    कृषि शाखाका कृषि अधिकृत खगेश्वर तिम्सिनाका अनुसार १० हजार ५२६ किलो बिउ वितरण गरिएको छ । सो बिउले ६० हेक्टर जमिनमा खेती गर्न सकिनेछ । महानगर क्षेत्रका २६२ घरधुरीलाई सो उन्नत जातको गहुँको बिउ वितरण गरिएको तिम्सिनाले जानकारी दिए।

    images
    images

    महानगर क्षेत्रभित्र १ हजार ३७५ खेतीयोग्य जमिन रहेमा २५० हेक्टर जमिनमा गहुँ खेती गर्ने गरिएको छ । यसअघि महानगरले ५० प्रतिशत अनुदानमा मकै बिउ वितरण गरेको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend