images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • नेपाली कफीले आन्तरिक माग धान्नै मुस्किल,...

नेपाली कफीले आन्तरिक माग धान्नै मुस्किल, निर्यात भन्दा तेब्बर बढी आयात

नेपाली कफीले आन्तरिक माग धान्नै मुस्किल, निर्यात भन्दा तेब्बर बढी आयात

images
images
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढ्दो छ । स्वाद र गुणस्तरको हिसाबले अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीले राम्रो मूल्य समेत प्राप्त गर्दै आइरहेको छ । तर सोचे अनुरुप उत्पादन नबढ्दा निर्यातभन्दा बढी आयात गर्नुपर्ने बाध्यता नेपालको छ ।

    images
    images

    नेपालले निर्यातको तुलनामा तेब्बर बढी कफी आयात गर्ने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।  स्वदेशमा उत्पादनले आन्तरिक बजारको माग नधान्दा वर्षेनी करौडौं रुपैयाँको कफी विदेशबाट आयात गर्नुपरेको व्यवसायीहरु बताउँछन् ।

    निर्यात भन्दा आयात बढी

    images
    images

    अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढे पनि निर्यातभन्दा बढी आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

    चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले ४ करोड ८२ लाख ८१ हजार रुपैयाँ बराबरको ६९.७७ मेट्रिक टन कफी आयात गर्दा ३ करोड ३५ लाख २५ हजार रुपैयाँ बराबरको १८.६७ मेट्रिक टन मात्र निर्यात गरेको छ ।

    गत आर्थिक वर्ष २०८०।०८१ मा नेपालले बाहिरी मुलुकबाट ४१ करोड ९८ लाख रुपियाँ बराबरको ४४३ मेट्रिक टन कफी आयात गरेको  छ । सो वर्ष नेपालबाट ८९ मेट्रिक टन कफी निर्यात भएको थियो । गत आर्थिक वर्षमा नेपालले निर्यातको तुलनामा झन्डै ५ गुणा बढी कफी आयात गरेको विभागको तथ्यांकले देखाएको छ।

    आर्थिक वर्ष २०७९।०८० मा ३२ करोड ५८ लाख ६६ हजार रुपैयाँको कफी आयात भएको थियो। सो वर्ष नेपालले १३ करोड चार लाख बराबरको ७७.८६ मेट्रिक टन कफी निर्यात गरेको थियो ।

    यस्तै, आर्थिक वर्ष २०७८।७९ मा १२ करोड ७५ लाख ९० हजार रुपैयाँको २७९।८६ मेट्रिक टन कफी आयात भएको थियो। उक्त वर्ष नेपालले ११ करोड ७० लाख ८५ हजार रुपैयाँ बराबरको ६९।५१ मेट्रिक टन कफी निर्यात गरेको थियो ।

    आर्थिक वर्ष २०७७।७८ मा नेपालले ९ करोड ६० लाख रुपैयाँ बराबरको ७२.४८ मेट्रिक टन कफी निर्यात गरेर १० करोड ६७ लाख २१ हजार रुपैयाँ बराबरको १९८.७६ मेट्रिक टन कफी आयात गरेको विभागको तथ्यांकले देखाउँछ ।

    त्यसैगरी, आर्थिक वर्ष २०७६।७७ मा नेपालले ५ करोड ७७ लाख २८ हजार रुपैयाँ बराबरको ४६.८० मेट्रिक टन कफी निर्यात गरेको थियो । सोही वर्ष अन्य देशबाट ११ करोड ८८ लाख ४९ हजार रुपैयाँ बराबरको २६६.१७ मेट्रिक टन कफी आयात गर्यो ।

    यसरी हेर्दा नेपालले वर्षेनी निर्यातको तुलनामा दोब्बर भन्दा बढी आयात गरेका छौं ।

    नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा उच्च माग र राम्रो मूल्य पाउँदा समेत निर्यात कमजोर हुँदा बैदेशिक व्यापार घाटा घटाउन सकेको छैन । बोर्डका अनुसार नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ अमेरिकी डलर प्राप्त गर्दै आएको छ । आयात मूल्यको तुलनामा झण्डै ३ गुणा बढी मूल्यमा नेपाली कफी निर्यात हुँदै आएको छ ।

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार हालसम्मको तथ्यांकलाई हेर्ने हो भने जम्मा ४३०९ हेक्टरमा कफी खेति विस्तार भएको छ । गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बागलुङलगायत ४३ जिल्लामा यसको व्यावसायिक खेती हुँदै आएको छ । कुल उत्पादनको करीब १७ प्रतिशत हाराहारी मात्र कफी विदेश निर्यात हुने गरेको बोर्डले जनाएको छ ।

    बोर्डका अनुसार नेपालको आन्तरिक बजारमा प्रत्येक वर्षे न्यूनतम २२०० मेट्रिक टन भन्दा बढी कफी खपत भइरहेको छ । आन्तरिक उत्पादनले १ महिना पनि नेपालको माग धान्न नसकेको अवस्था रहेको बोर्डका कार्यकारी निर्देशक बेनु प्रसाद प्रसाईं बताउँछन् ।

    आर्थिक वर्ष २०७६।७७ मा २३६० हेक्टर जमिनमा कफी खेति हुँदै आएकोमा आर्थिक वर्ष २०८०।८१ मा ४३०९ हेक्टर पुगेको छ । उत्पादन बढे पनि माग पनि बढ्दै गएकोले आयात बढिरहेको बोर्डले जनाएको  छ ।

     आर्थिक वर्ष २०७६।७७ मा २३६० हेक्टर जमिनमा कफी खेति हुँदै आएकोमा आर्थिक वर्ष २०८०।८१ मा ४३०९ हेक्टर पुगेको छ । उत्पादन बढे पनि माग पनि बढ्दै गएकोले आयात बढिरहेको बोर्डले जनाएको छ  ।

    मूल्य कति ?

    कफीको मूल्य वर्षेनी बढ्दै आइरहेको छ । चालु आर्थिक २०८१।०८२ को लागि कफीको न्यूनतम सहमत मूल्य तोकिएको छ । २०८१ मंसिर १ गते देखि लागु हुने गरी यस वर्षको कच्चा कफीको मूल्य तोकिएको हो ।जस अनुसार फ्रेस चेरी कफी ग्रेड ए को मूल्य प्रतिकेजी १०५ रुपैयाँ तोकिएको छ ।बोर्डका अनुसार ८०० मिटरभन्दा माथि, प्राङ्गारिक पद्धती अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने र केलाएर छानिएको चेरीलाई ग्रेड ए मानिन्छ ।

    त्यसैगरी ग्रेड बिको कफीको मूल्य प्रति केजी ९५ रुपैयाँ तोकिएको छ ।

    त्यस्तै पार्चमेन्ट कफी ग्रेड ए को मूल्य प्रतिकेजी ५३५ तोकिएको छ । ग्रेड एमा गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११ प्रतिशत चिस्यान भएको कफी पार्चमेन्टलाई ग्रेड ए मानिनेछ ।

    ग्रेड बी को मूल्य प्रतिकेजी ४८२ रुपैयाँ तोकिएको छ ।  ड्राइ चेरी कफी ग्रेड ए को प्रतिकेजी २८० रुपैयाँ र ग्रेड बीको २४७ रुपैयाँ तोकिएको बोर्डले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend