images

२०८३ आश्विन २६ गते

images
images
images

बागबजारको आराधना कम्प्लेक्समा सुट मेला २०८१

बागबजारको आराधना कम्प्लेक्समा सुट मेला २०८१

images
images
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • काठमाडौं, १७ मंसिर । काठमाडौको बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला २०८१ सुरु भएको छ। नेपाल टेलरिङ व्यवसायी महासंघको आयोजनामा मंसिर १७ सुरु भएको सर्टिङ सुटिङ वस्तुको मेला २०८२ वैशाख २५ गतेसम्म चल्ने भएको हो ।

    images
    images

    नेपालमा सटिंङ सुटिङ मेला पहिलो पटक आयोजना गरिएको पनि महासंघले जनाएको छ । मेलाको उद्देश्य ग्राहकलाई उच्च गुणस्तरको सर्टिङ सुटिङ कपडाका दर्जनौं विकल्प एकै ठाउँमा उपलब्ध गराउनु तथा आम सर्वसाधारणमा व्यक्तित्व निर्माणमा सर्टिङ सुटिङको महत्व बुझाउनु रहेको छ । यो मेलाले सुटमा आएको नयाँ डिजाइनबारे पनि ग्राहकलाई जानकारी गराउने महासंघले जनाएको छ ।

    महासंघका अनुसार विवाहको सिजनमा दूरदराजबाट सुट सिलाउन काठमाडौं आउनेलाई मेला सहयोगी हुने आयोजकको विश्वास छ । मेलामा आराधना कम्प्लेक्समा रहेका मेरिना इम्पेक्स, अनुपम टेलर्स, श्रेष्ठ टेलरिङ, एक्सलेन्ट टेलर्स, एसटी टेलर्स, सिजनल टेलर्स, टिपटप टेलर्स, रिच स्टिचिङ, मेरो टेलर्स, हिल टप र ह्यारी कलेक्सनका स्टल रहनेछन् । यी कम्पनीहरु दशकौं देखि गुणस्तरीय कपडाको आयात एवं सिलाइ व्यवसायमा संलग्न छन् ।

    images
    images

    मेलामा सहभागी व्यवसायीले मेलाका अवसरमा कपडा र सिलाइमा ग्राहकलाई आकर्षक छुट उपलब्ध गराउने हुँदा ग्राहकका लागि यो एउटा अवसर सावित हुने अपेक्षा गरेका छौं, मेला संयोजक अर्जुन बस्नेतले भने, मेलामा अन्तर्राष्ट्रिय जगतमै ख्याति कमाएका इटालियन, इंग्ल्यान्ड, बैंकक, भारत लगायत देशमा उत्पादित उच्च गुणस्तरको फेब्रिक विकल्प एउटै छानामुनि उपलब्ध हुने जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं ।

    मेलामा सहभागी व्यवसायीले मेला अवधिमा कपडा खरीद गर्ने र सिलाउने ग्राहक मध्येबाट गोला प्रथा मार्फत भाग्यशाली विजेता चयन गरी स्वदेश र विदेशका विभिन्न गन्तव्यको भ्रमण गराउने अफर समेत राखेका जनाएको छ । यसबाट ग्राहक सँगको भावनात्मक सम्बन्ध अझ प्रगाढ हुने र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत थोर बहुत योगदान हुने आयोजकको विश्वास छ ।

    महासंघका अनुसार यो मेलाको अर्को उद्देश्य आर्थिक मन्दीका कारण शिथिल भएको व्यवसायलाई गति दिनु रहेको छ । यसले सर्टिङ सुटिङ व्यवसायलाई चलायमान गराई रोजगारीका अवसर सिर्जना र सरकारी राजस्वमा पनि योगदान गर्ने महासंघको भनाइ छ ।

    महासंघले अर्थतन्त्रमा देखिएको हालको शिथिलता चिर्न सरकार र निजी क्षेत्र बीच गहिरो सहकार्य आवश्यक रहेकोमा पनि जोड दिएको छ । व्यवसायमा आएको शिथिलताका कारण अप्ठेरो परिस्थितिमा पुगेका सम्पूर्ण व्यवसायीले यतिवेला सरकारबाट अभिभावकको भूमिका खोजिरहेका जनाएको छ । मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा महासंघले भनेको छ । सरकारको सानो आश्वासन र व्यवहारले पनि निजी क्षेत्रको मनोबल उकास्न ठूलो योगदान गर्न सक्ने हुँदा यस तर्फ सरकारले पनि उचित ध्यान दिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend